वि.सं.: २०८२, पुस ६ आइतबार
इ.स.: 2025 December 21,SUNDAY
वि.सं.: २०८२, पुस ६ आइतबार
समारोहमा १० जना स्रष्टालाई सम्मान, दिउँसो मौलिक खाना तथा पेय पदार्थ, स्थानीय बस्तु तथा सामग्रीको प्रदर्शनी, साँझमा सांगीतिक कार्यक्रम आयोजना
काठमाडौँ । विकास, सहरी व्यवस्थापन र सेवा प्रवाहमा काठमाडौँ महानगरपालिकाको अभिभावकीय भूमिका प्रशंसनीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बताउनुभएको छ । यसबाट नागरिकलाई सरकारप्रति भरोसा र विश्वार जागृत भएको उहाँको भनाइ छ । शनिवार टुँडिखेलमा आयोजना गरिएको ३० औँ महानगर दिवसको मुल समारोहमा बोल्दै उहाँले भन्नुभयो, ‘जनस्वास्थ्य, वातावरणीय सुधार, सामुदायिक
विद्यालयको शैक्षिक स्तरउन्नति, रोजगारी र आयसहित पूर्वाधार, आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा महानगरपालिकाकाले सम्पन्न गरेका काम काम र हासिल गरेका उपलब्धि अनुकरणीय, अनुसरणीय र सिकाइ योग्य रहेका छन् ।’
‘गएको आर्थिक बर्षदेखि महानगरपालिकाले कार्यान्वयनमा ल्याएका महानगर गौरवका योजनाले दिगो रणनीतिक विकास र सहजतामा टेवा पुग्ने ठानेको छु । स्वर्णिम योजनाबाट आम नागरिकसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, शिक्षा, खेलकुद, सिप तथा क्षमता विकाससहित रोजगार प्रवर्धन, वातावरण सुधार र पूर्वाधार कार्यमा तत्काल लाभ प्राप्त हुन सक्ने ठानेको छु ।’ उहाँको भनाइ थियो ।
त्यस क्रममा महानगरपालिकाका प्रमुख एवं दिवस मुल समारोह समितिका संयोजक बालेन्द्र शाह (बालेन) ले, महानगरपालिकाको संस्थागत विकास र सुशासनमा योगदान पु¥याउने सबैको योगदान कदर योग्य भएको बताउनुभयो । ‘सफाइकर्मी, नगर प्रहरी, राष्ट्रसेवक कर्मचारीसहित काठमाडौँलाई काठमाडौँ महानगरपालिका बनाउने सबैप्रति आभार प्रकट गर्न चाहन्छु ।’
‘संघीय राजधानी सहर भएकोले यस सहरलाई सबैले आफ्नो भन्न सक्ने, बस्न योग्य, व्यवस्थित र सुरक्षित सांस्कृतिक सहर निर्माण गर्न क्षेत्रगत सहयोग निरन्तर प्राप्त भइरहने अपेक्षा गरेको छु ।’ प्रमुख शाहले भन्नुभयो, ‘सबैको प्रयत्नबाट यो सम्भव छ ।’
‘काठमाडौँलाई वैवभशाली र पहुँचयुक्त सहर बनाउन क्षेत्रगत नीति, योजना र कार्यक्रममार्पmत महानगरपालिकाले काम गरिरहेको छ ।’ कार्यक्रममा बोल्दै उपप्रमुख सुनिता डंगोलले, ‘सन्तुलित विकास निर्माण, विकास व्यवस्थापन तथा सहरी सेवा सुविधाको न्यायोचित उपयोगका लागि आवश्यक सबै अङ्गको सवलीकरणलाई एकीकृत र समन्वयात्मक पद्धतिबाट कार्यान्वयन गरिरहेका छौँ ।’
नागरिकमैत्री, मितव्ययी, प्रभावकारी, नतिजामूलक, सहभागितामूलक र पारदर्शी सेवाका लागि सूचना प्रविधिको अधिकतम र प्रभावकारी प्रयोग गरिएको उहाँको भनाइ थियो ।
सामाजिक उन्नयनका लागि विभिन्न क्षेत्रमा रहेर विशिष्ट योगदान पुर्याउने १० जना स्रष्टालाई समारोहमा सम्मान गरिएको थियो । उपराष्ट्रपति यादव, प्रमुख शाह र उपप्रमुख डंगोलले उहाँहरुलाई सम्मानित गर्नुभएको हो ।
यसरी सम्मानित हुनु हुनेमा लोक गायनका क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा. अरुण सायमी, राजनीति र समाज सेवातर्फबाट महानगरपालिकाका पूर्व प्रमुख पि. एल. सिंह, कलाकारितामा चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के. सुन्दरलाई सम्मान गरियो । यस्तै खेल क्षेत्रतर्फ तेक्वान्दोबाट संगिना वैद्य, भलिवलबाट प्रतिभा माली र क्रिकेटबाट ज्ञानेन्द्र मल्ल सम्मानित हुनुभयो । सम्मानित व्यक्तित्वहरुलाई नगद १ लाख ५० हजार रुपैयाँसहित दोसल्ला ओढाइएको थियो ।
१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । ०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।
दिवसको औपचारिक समारोहका केही तस्विर









तस्विर : विनय शाक्य / अमृत पाण्डे
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App