वि.सं.: २०८३, वैशाख ७ सोमबार
इ.स.: 2026 April 20,MONDAY
वि.सं.: २०८३, वैशाख ७ सोमबार
उपचारका लागि भारत जाने तयारीमा रहनुभएका स्थापितको हृदयाघाटबाट मृत्यु
काठमाडौँ, माघ २ । काठमाडौँ महानगरपालिकाका वडा नं. २२ का पूर्वअध्यक्ष माणिकरत्न स्थापितको हृदयाघातका कारण मृत्यु भएको छ । ८२ वर्षिय स्थापितको बिहीबार राती निधन भएको हो । उहाँ उपचारका लागि आउँदो सोमबार भारत जाने तयारीमा हुनुहुन्थ्यो । उहाँका २ छोरा र १ जना छोरी हुनुहुन्छ । उहाँकी श्रीमती र एउटा छोरा संयुक्त राज्य अमेरिकामा हुनुहुन्छ । परिवारका सदस्यहरु नभए पनि आज टेकुस्थित जम्बुदीपमा अन्त्येष्टि गरिने निर्णय गरिएको वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिनुभयो ।
पेशाले इञ्जिनियर स्थापित इञ्जिनियरिङ् पेशा छोडेर २०४४ सालमा पहिलो पटक जनपक्षीय उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा होमिनुभयो । त्यो चुनावमा उहाँले पराजय भोग्नु परेको थियो । २०४६ सालमा प्रजातन्त्र पुनवहाली भएपछि २०४९ सालको स्थानीय निर्वाचनमा उहाँ नेकपा एमालेको उम्मेद्वारका रुपमा विजयी हुनुभएको थियो ।
उहाँ २०६० सालमा राजाको शासन कालमा वडाध्यक्ष मनोनीत हुनुभएको थियो । नेपालको संविधान जारी भएपछिको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा नेकपा माओवादी केन्द्रका तर्फबाट वडा २२ मा चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । त्यस समयमा उहाँ नेकपा एमालेका उम्मेदवार चिनीकाजी महर्जनसँग पराजित हुनुभएको थियो ।
त्यस यता संकटा क्लवको सल्लाहकारलगायत स्थानीय क्लव तथा संघसंस्थामा आवद्ध भएर सामाजिक काममा सक्रिय हुनुहुन्थ्यो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App