वि.सं.: २०८३, साउन १७ आइतबार
इ.स.: 2026 August 2,SUNDAY
वि.सं.: २०८३, साउन १७ आइतबार
असल अभ्यासलाई प्रवर्धन गर्दै कार्यक्रमलाई निरन्तरता दिन वडाध्यक्ष राजभण्डारीको भनाइ
काठमाडौँ । स्थानीय संस्कृति र व्यापारको प्रवर्धनका लागि नयाँ सडक (शुक्रपथ) सांस्कृतिक महोत्सवले महत्वपूर्ण योगदान गरेको बताउँदै काठमाडौँ महानगरपालिका वडा नं. २४ का अध्यक्ष विनोद कुमार राजभण्डारीले प्रतिक्रिया दिनुभएको छ । विक्रम संवतको नयाँ वर्ष प्रारम्भका दिन इन्द्रचोकदेखि जुद्ध शालिकसम्मको सडक खण्डमा महोत्सव आयोजना गरिएको थियो ।
महानगरपालिकाले महिला उद्यमशीलताका लागि वडा वडामा सञ्चालन गरेको उद्यमशीलतामा आधारित एक वडा एक नमूना कार्यक्रमबाट उत्पादित सामानहरुको प्रदर्शनी तथा विक्री, हस्तकलाका सामानहरु, मौलिक खाना तथा पेय पदार्थको प्रदर्शनी तथा विक्रीले स्थानीय व्यापारिक चहलपहल बढाएको थियो ।
वडाका गुठि तथा सांस्कृतिक समूह, युवा तथा छिमेकी वडाका कलाकारहरुको गायन तथा वादन महोत्सवको आकर्षण थियो । हामीले कुनै पनि पश्चिमा वादन तथा गायनलाई कार्यक्रममा समावेश गरेनौँ । वडाध्यक्ष राजभण्डारीले भन्नुभयो, ‘स्थानीय संस्कृतिप्रतिको आकर्षण बढाउन हामीले मौलिक बादन तथा गायन मात्र समावेश गरेका हौँ ।’ दिउँसो महाङ्काल प्याखं, नेवारी नृत्य, लाखे नृत्य, पञ्चे बाजा वादनसहित ३० वटा समूहले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । यस्तै मखं कुमारीको पूजा व्यवस्था मिलाइएको थियो ।
साँझमा इन्द्रचोकमा दाफा प्रस्तुति, धाः बाजा बादन, कालभैरव नृत्य, नेपाल प्रहरी र कुटुम्ब व्याण्डको अर्केष्ट्रा प्रस्तुति थियो ।





निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App