वि.सं.: २०८२, कात्तिक १२ बुधबार
इ.स.: 2025 October 29,WEDNESDAY
वि.सं.: २०८२, कात्तिक १२ बुधबार
नेपाली महिलाहरुको सहनशीलतासँग सम्बन्धित नभनिएका, नसोधिएका र नसमेटिएका कथा प्रस्तुतिलाई प्राथमिकता दिइनेछ — उपप्रमुख डंगोल
काठमाडौँ । ‘वुमन्स अफ द वल्र्ड फेस्टिभल’को सातौँ संस्करण काठमाडौँमा आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिका र व्रिटिस काउन्सिलले संयुक्त रुपमा फेस्टिभलको आयोजना गर्नेछन् । विहीबार काउन्सिलमा आयोजना गरिएको एक कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र काउन्सिल कन्ट्री डाइरेक्टर सहिदा म्याकडुगलले फेस्टिभलको संकेत चिन्ह सार्वजनिक गर्नुभयो । सन् २०११ मा लण्डनको साउथ वैङ्कमा पहिलो सम्मेलन गरिएको थियो । लैङ्गिक समानता र समावशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउनु फेस्टिभलको मुख्य लक्ष्य हो ।
फेस्टिभल आउँदो मंसिर ८ र ९ गते (नोभेम्बर २३ र २४ तारिख) आयोजना हुनेछ । २ दिने फेस्टिभलमा ३ वटाभन्दा धेरै प्रकृतिका प्रदर्शनी हुनेछन् । २५ वटाभन्दा धेरै स्टल हुनेछन् । ४० भन्दा धेरै संवाद र मन्तव्य हुनेछन् । १० वटाभन्दा धेरै चलचित्र प्रदर्शन गरिनेछ । ५ वटाभन्दा धेरै कार्यशाला गरिनेछ । १० वटाभन्दा धेरै सांगीतिक प्रस्तुति हुनेछन् । कम्तीमा ५ सय विद्यार्थी सहभागी गराउने लक्ष्य राखिएको कार्यक्रममा १ सयजनाभन्दा धेरै कलाकारसहित १० हजारभन्दा धेरै व्यक्तिको सहभागिता हुने अपेक्षा गरिएको छ ।
त्यस क्रममा बोल्दै उपप्रमुख डंगोलले, नेपाली महिलाहरुको सहनशीलतासँग सम्बन्धित नभनिएका, नसोधिएका र नसमेटिएका कथाहरु प्रदर्शनलाई जोड दिइने बताउनुभयो । गएको जेठ महिनामा वेलायतमा आयोजना भएको सम्मेलनमा भाग लिएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘महिलाको अर्थपूर्ण सहभागिताका लागि नेतृत्वमा रहेका महिलाहरुबाट प्रेरणा प्राप्त भएको छ । यसका आयाम धेरै छन् । तीमध्ये राजनीतिक सक्रियताले पनि सशक्तिकरण प्रदान गर्छ ।’
कार्यक्रममा बोल्दै नेपालका लागि वेलायतका राजदूत रोब फेनले फेस्टिभलबाट महिलाहरुलाई नेतृत्वदायी स्थानसम्मको यात्रा तय गर्ने हौसला प्राप्त हुने अपेक्षा गर्नुभयो । यस्तै कन्ट्री डाइरेक्टर साहिदाले, महानगरपालिकासँगको सहकार्यमा आयोजना गरिने संस्करणले नयाँ आयाम सिर्जना गर्ने धारणा राख्नुभयो ।
गएको जेठ महिनामा उपप्रमुख डंगोलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले, वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’मा सहभागिता जनाएको थियो । उपप्रमुख डंगोल भन्नुहुन्छ, ‘अन्तरराष्ट्रिय कार्यक्रममा महिलाको नेतृत्वमा महिलाहरु मात्र सहभागी भएको प्रतिनिधि मण्डल काठमाडौँ महानगरपालिकाको इतिहासमा पहिलो हो ।’
सम्मेलनमा महिलाहरुका पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिकलगायत विविध भोगाइका विषयमा अनुभव आदानप्रदान हुने गरेको छ । सम्मेलनमा संगीत, कला, साहित्य, राजनीति, अभियन्ता, लेखकसहित विभिन्न क्षेत्रका वक्ताहरुलाई बोलाइन्छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App