Logo
  • वि.सं.: २०८२, माघ ३ शनिबार

  • इ.स.: 2026 January 17,SATURDAY

  • वि.सं.: २०८२, माघ ३ शनिबार

  • २०३० सालका काठमाडौँ नगर पञ्चायतका प्रधानपञ्च सिंहको निधन : आज टेकुमा अन्त्येष्टि 

    'उहाँ २०२८ सालमा तत्कालीन वडा ८ (अहिलेको २२) का लागि वडाध्यक्ष पदमा निर्वाचित भएर प्रधानपञ्च हुनुभएको थियो' - वडाध्यक्ष, महर्जन 

    काठमाडौँ, माघ ३ । तत्कालीन काठमाडौँ नगर पञ्चायतका २०३० सालका प्रधानपञ्च रिनेन्द्रमान सिंहको हिजो निधन भएको छ । पक्षाघात भएर लामो समयदेखि घरमै रहनुभएका सिंहको हृदयाघातका कारण निधन भएको हो । उहाँको पार्थिक सरीरलाई आज टेकुस्थित जम्बुदिपमा अन्तिम संस्कार गरियो । 

    वि. सं. २००२ सा श्रावणमा जन्मिनुभएका सिंह २०२८ सालमा काठमाडौँको तत्कालीन वडा नं. ८ (अहिलेको २२) बाट वडाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिँदै भन्नुभयो, ‘त्यसबेला काठमाडौँ नगर पञ्चायतमा २९ वटा वडा थिए । वडाबाट निर्वाचित अध्यक्षबाट प्रधानपञ्च चुन्ने प्रणाली थियो । यही प्रणालीबाट सिंह २०३० सालदेखि २ वर्षका लागि काठमाडौँ नगरपञ्चायतको प्रधानपञ्च हुनुभएको थियो ।’

    सिंहका श्रीमति, १ छोरा र २ छोरी हुनुहुन्छ । 

     

  • प्रकाशित मिति शनिबार ३ माघ २०८२ ०१:४१ PM