Logo
  • वि.सं.: २०८३, असोज ४ आइतबार​

  • इ.स.: 2026 September 20,SUNDAY

  • वि.सं.: २०८३, असोज ४ आइतबार​

  • 'सफ्टवेयर डिभलपमेन्ट एण्ड अपरेसन सेन्टरबाट एकीकृत र कार्यान्वयन योग्य प्रणालीको अपेक्षा' - प्रवक्ता मानन्धर

    प्रणाली विकासमा परनिर्भरता घटाउनु र विद्युतीय शासनलाई प्रवर्धन गर्नु मुख्य उद्देश्य

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको विद्युतीय सेवालाई एकीकृत र नागरिकमैत्री बनाउन सफ्टवेयर डिभलपमेन्ट एण्ड अपरेसन सेन्टरको प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै प्रवक्ता नविन मानन्धरले, सफ्टवेयर डिपलपमेन्ट फ्रेमवर्कका विषयमा जानकारी लिनुभएको छ । आज सूचना समितिको वैठकमा सेन्टरले अहिलेसम्म सम्पादन गरेका कामका विषयमा जानकारी लिने क्रममा उहाँले, प्रणाली विकास गराउन आवश्यक पर्ने पूर्वाधार निर्माण गर्न, जनशक्तिको मनोवल बढाउन कमी नगर्न सूचना प्रविधि विभागलाई निर्देशन दिनुभयो ।

    प्रणाली विकासमा परनिर्भरता घटाउनु र विद्युतीय शासनलाई प्रवर्धन गर्नु हाम्रो मुख्य उद्देश्य हो । सबै मिलेर यो लक्ष्यमा पुग्न मिहनेत गरौँ । प्रवक्ता मानन्धरको जोड थियो ।

    सूचना प्रविधि विभागका प्रमुख अनिरुद नेपालले, सफ्टवेयर डिभलपमेन्टसँगै डाटा सेन्टर सञ्चालनको योजना पनि कार्यान्वयनमा आएका छन् । 

    वैठकमा प्रोजेक्ट म्यानेजर अंकित श्रीवास्तवले अहिलेसम्म सम्पन्न भएका कामका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । 
     

  • प्रकाशित मिति मंगलबार ३ चैत २०८२ ०८:२८ PM