वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
उद्योग विकास, रोजगारी प्रवर्धन र क्षमता वृद्धिका दृष्टिले सिप मेला वृहत लाग्यो - राजदूत फेन
काठमाडौँ । नेपालका लागि संयुक्त राज्य वेलायतका राजदूत रोब फेनले आज टुँडिखेलमा चलिरहेको सिप मेलाको अवलोकन गर्नुभएको छ । उहाँलाई सिप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झा र प्रमुखको सचिवालय सल्लाहकार सन्तोष गिरीले प्रशिक्षणका क्षेत्र, पेशा, पाठ्यक्रम र अहिलेसम्म प्राप्त उपलब्धीका विषयमा जानकारी गराउनुभएको थियो । अवलोकनका क्रममा राजदूत फेनले प्रशिक्षणका लागि प्रशिक्षकको क्रियाकलाप, प्रशिक्षार्थीहरुको रुचि, प्रशिक्षणबाट उत्पादन भएका बस्तु तथा सामग्रीका बारेमा रुचिपूर्वक जानकारी लिनुभएको थियो ।
अवलोकन पछि उहाँले भन्नुभयो, उद्योग, उद्यम, रोजगारीका अवसरका लागि सिप मेला वृहत अनुभूति गरेको बताउनुभयो । ‘यो ठुलो र महत्वपूर्ण काम हो । महानगरपालिकाको यो प्रयास सराहनीय छ ।’ उहाँले महानगरपालिकाले सञ्चालन गरेको बुक फ्री फ्राइडेमा शिक्षासँगै सिपमूलक र व्यवहारिक तालिमका कार्यक्रमबाट विकास साझेदार प्रोत्साहित थिए । उहाँले भन्नुभयो, ‘सिप मेलाले साझेदारीको सम्भावनालाई अझ व्यापक बनाएको छ । हामी आगामी वर्षको मेलामा सहकार्य गर्न इच्छुक छौँ ।’ तालिमबाट युवाहरुले त सम्भावना देख्छन् नै यसमा सेवा निवृत्त व्यक्तिहरुका लागि पनि तालिम देखियो । यसको प्रभावको ठुलो मूल्य छ । उहाँको भनाइ थियो ।
राजदूतलाई मेलाको विशेषता बताउँदै संयोजक झाले भन्नुभयो, ‘३० भन्दा धेरै साझेदार, १० वटा क्षेत्र र ३७ पेशाका तालिमभित्र बहिरा अपाङ्गता भएका व्यक्ति, अटिजम, डाउन सिन्ड्रोम भएका बालबालिकाहरुका लागि सहजकर्ता तालिम मेलाको मुख्य विशेषता हुन् ।’ मेला समावेशी र पहुँचयुक्त छ । यसबाट प्राप्त हुने नतिजाले दिगो विकासमा सघाउँछ । झाले अपेक्षित नतिजा सुनाउनुभयो ।
त्यस क्रममा सचिवालय सल्लाहकार गिरीले, मेला एकै ठाउँमा रैथाने र परम्परागत सिपदेखि अत्याधुनिक सिप विकास भइरहेको जानकारी दिनुभयो । सामान्य लेखपढ गर्न जान्नेदेखि औपचारिक योग्यता हासिल गरेका व्यक्तिहरुका लागि रुचि अनुसारका प्रशिक्षण चलाउनु मेलाको महत्वपूर्ण पक्ष हो । गिरीको भनाइ थियो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App