वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
खेलको सीमा हुँदैन, प्रतियोगिता महानगरपालिकाभित्र स्थायी वा अस्थायी बसोबास गर्ने शारीरिक सुगठनका सबै खेलाडीहरुका लागि हो - वडाध्यक्ष महर्जन
                        काठमाडौँ । ‘मिस्टर महानगर’ शारीरिक सुगठन प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताका बारेमा जानकारी दिन आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा तयारीका विषयमा जानकारी दिइएको हो । प्रतियोगिता काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले आयोजना गरेको हो । ‘हेल्दी बडी, हेल्दी सोसाइटी’ नारासहित असार ६ र ७ गते काठमाडौँको राष्ट्रिय सभा गृहमा ‘फस्ट मिस्टर महानगर वडी विल्डिङ् च्याम्पियनसिप २०८२’ आयोजना हुनेछ । प्रतियोगितामा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघसँगको सहकार्य र काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोग रहेको छ ।
पत्रकार भेटघाट कार्यक्रममा वडाध्यक्ष महर्जनले, मिस्टर महानगरलाई प्रदान गरिने ट्रफी सार्वजनिक गर्नुभयो ।  
पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनले, अरु खेल जस्तै शारीरिक सुगठन र व्यायामसँग सम्बन्धित खेलप्रति आकर्षण बढाउँदै खेलका माध्यमबाट आरोग्य जीवनका कार्यक्रम प्रवर्धन गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।
च्याम्पियनसिपमा ५५ किलोग्राम, ६० किलोग्राम, ६५ किलोग्राम, ७० किलोग्राम, ७५ किलोग्राम र ७५ किलोग्रामभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यो च्याम्पियनसिप पुरुषहरुका लागि आयोजना गरिएको हो । यसमा क्रमशः महिलाहरुलाई पनि सहभागी गराउँदै लैजाने योजना छ ।
वर्ल्ड बडी विल्डिङ् फेडेरेसनका अन्तरराष्ट्रिय निर्णायक एवं च्याम्पियनसिपका संयोजक ईश्वर श्रेष्ठका अनुसार क्याटागोरीका हरेक प्रथम, द्वितीय र तृतीयलाई क्रमशः स्वर्ण र नगदर ७५ हजार रुपैयाँ, रजत पदक र ५० हजार रुपैयाँ र कास्य पदक २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । प्रतियोगिताको पहिलो दिन असार ६ गते राष्ट्रिय सभा गृहमा मापदण्ड बमोजिमको तौल मापन हुनेछ । ७ गते राष्ट्रिय सभा गृहमा प्रिजजिङ् र फाइनल प्रतियोगिता हुनेछ । 
प्रत्येक तौल समूहका विजेताहरुका मिस्टर महानगरको दावेदार हुनेछन् । यी दावेदारहरुका बिचमा ओभरअल प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धाका विजेता मिस्टर महानगर घोषित हुनेछन् । मिस्टर महानगरले तौलसमूहको विजेता भएर ७५ हजार रुपैयाँ र ओभरअल प्रतिस्पर्धाको विजेता भएर पदकसहित ५ लाख रुपैयाँ प्राप्त गर्नुहुनेछ ।
यस दिन शारीरिक सुगठन क्षेत्रको विकास र विस्तारका लागि योगदान गर्ने खेलाडीहरुलाई सम्मान प्रदान गरिनेछ । 



                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                        
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        Intern आवेदन प्रणाली
                    
                                    
                        
                        KMC Mobile App
                    
                                    
                        
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                        
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                        
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                        
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                        
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                        
                        KMC Smart Toilet
                    
                                    
                        
                        Metro Mart
                    
                                    
                        
                        KMC Parking  App