वि.सं.: २०८२, चैत ८ आइतबार
इ.स.: 2026 March 22,SUNDAY
वि.सं.: २०८२, चैत ८ आइतबार
२७ जना युवालाई १२० घण्टे तालिम प्रदान
काठमाडौँ । वडावासीलाई स्वाबलम्बी बनाउँदै आफ्नै कार्यक्रममा गर्व गर्ने बनाउँदै लगेको बताउँदै काठमाडौँ महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीले, उमेर, रुचि, समयको माग र समाजको आवश्यकताका आधारमा वडावासीका लागि क्षमता विकासका कार्यक्रमलाई थप्दै लैजाने बताउनुभएको छ । वेभ पेज डिजाइनिङ् सम्बन्धी १२० घण्टे तालिमको समापन अवसरमा कम्प्युटर प्वाइन्टमा आयोजना गरिएको समापन कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो । बालबालिकाका भोलि आवश्यक पर्ने पौडीलगायतका खेलकुद, युवाहरुलाई सवारी चालक, प्रौढका लागि अनुभव आदानप्रदान र पाका उमेरका व्यक्तिहरुलाई तीर्थाटनलगायत कार्यक्रम गरिरहेको उहाँको भनाइ छ ।
वडामा खेलकुदका लागि भएका पूर्वाधारलाई सुदृढ गर्दै लगेको बताउँदै उहाँले आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षका भन्दा थप र व्यक्ति तथा समाजले चाहना गरेका कार्यक्रम तर्जुमा हुने धारणा राख्नुभयो । आइटी र आइसीटी सम्बन्धी तालिमले युवाहरुलाई वृत्ति विकासमा योगदान हुने उहाँको भनाइ थियो ।
प्लस टु र स्नातक उत्तीर्ण युवाहरुका लागि प्रदान गरिएको १२० घण्टे तालिममा एचटीएमएल, सीएसएस, जाभा स्क्रिप्ट, वेभ डिजाइनिङ् टुल्स, रेस्पोन्सिभ वेभ डिजाइनिङ्, वेभ टोपोग्राफी, वर्ड प्रेस, फोटोसप सिकाइएको थियो ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App