वि.सं.: २०८२, माघ १८ आइतबार
इ.स.: 2026 February 1,SUNDAY
वि.सं.: २०८२, माघ १८ आइतबार
काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नं. ७ ले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । मित्रपार्कस्थित भवनमा वैदिक विधिअनुसार पूजाआजा गरी भदौ १ गतेदेखि सेवा सुरु गरिएको वडा अध्यक्ष विमल कुमार होडाले जानकारी दिनुभयो ।
“वडा नं. ७ को नवनिर्मित भवनमा कार्य शुभारम्भको अवसरमा हवन शान्ति स्वस्तिवाचन विधिपूर्वक सम्पन्न गरिएको छ । भदौ १ गते देखि आफ्नै भवनबाट सेवा संचालन भइरहेको छ। भवनको औपचारिक उद्घाटन चाँडै गर्ने तयारीमा छौं ।”
यसअघि वडा कार्यालय गङ्गाहिटीस्थित भाडाको भवनबाट सेवा दिँदै आएको थियो । अब वडा नं. ७ का सेवाग्राहीले आवश्यक सम्पूर्ण सेवा आफ्नै वडा भवनबाट प्राप्त गर्न सक्नेछन् ।
वडा सचिव पदमकेशर अधिकारीका अनुसार भवन निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ को अन्त्यतिर ठेक्का सम्झौता भएको थियो र करिब १३ महिनाभित्रै निर्माण सम्पन्न भएको हो । उहाँले भन्नुभयो, “भवनको भुईँतला पहिले नै थियो । बलियो फाउन्डेसन भएकाले मोडिफाइ गरेर अढाइ तला थप गरिएको हो ।”
नव–निर्मित भवनको भुईँतलामा प्रशासनिक कक्ष, पहिलो तलामा जनप्रतिनिधि तथा मेलमिलाप कक्ष र दोस्रो तलामा सभाकक्षसहित थप प्रशासनिक कक्षहरू रहेका छन्। अब वडास्तरीय स–साना कार्यक्रमहरू पनि वडा भवनकै सभाकक्षमा आयोजना गर्न सकिने वडा सचिव अधिकारीले जानकारी दिनुभयो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App