वि.सं.: २०८३, असोज ६ मंगलबार
इ.स.: 2026 September 22,TUESDAY
वि.सं.: २०८३, असोज ६ मंगलबार
काठमाडौँको छोरीले नेपालको पहिचान उच्च बनाउनु हामी सबैको जित हो — वडाध्यक्ष, संगत
काठमाडौँ । पारालिम्पिक कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई काठमाडौँ महानगरपालिकाको वडा नं. ८ ले नगद सहित सम्मान गरेको छ । आज वडामा आयोजना गरिएको कार्यक्रममा जनही ५१ हजार रुपैयाँसहित उहाँहरुलाई सम्मान गरिएको हो ।
‘काठमाडौँकी छोरी पलेशाले नेपालको पहिचानको उचाइ बढाउन गर्नु भएको योगदान अतुलनीय छ । यो नेपाली सबैको जित हो ।’ कार्यक्रममा वडाध्यक्ष आशामान संगतले भन्नुभयो, ‘खेलाडीको जितमा साथसाथै हुने प्रशिक्षक हाम्रो वडाबासी हुनुको नाताले हामी वडा नं. ८ बासीले अझ गौरव महसुस गरेका छौँ ।’
त्यस क्रममा स्थानीय क्लव तथा संघसंस्थाकातर्फबाट पनि सम्मान पत्र प्रदान गरिएको थियो । स्थानीयहरुको तफबाट बोल्दै श्यामकृष्ण संगतले भन्नुभयो, ‘पलेशाको विजय यात्राले युवाहरुमा सम्भावनाको नयाँ सञ्चार भएको छ । खेलप्रति उहाँहरुमा सकारात्मक उर्जा थपिएको छ । यसले थप नतिजाका लागि योगदान गर्नेछ ।’
पलेशाले गएको पेरिसको ग्राण्ड प्यालेसमा के–४४ क्याटागोरीको महिला ५७ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्नुभएको हो । पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले पराजित गर्नुभएको थियो ।
रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनल खेल सुरक्षित गर्नुभएको थियो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App