वि.सं.: २०८३, साउन २४ आइतबार
इ.स.: 2026 August 9,SUNDAY
वि.सं.: २०८३, साउन २४ आइतबार
काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालसँग सम्झौता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय उमेरका २० हजार विद्यार्थीहरुको आँखा जाँच तथा प्रारम्भिक उपचारका लागि नेपाल आँखा अस्पतालसँग सम्झौता गरेको छ । आज कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले, बालबालिकाहरुमा अत्याधिक मोवाइलको लत बसेकाले सम्भावित दृष्टि दोष पत्ता लगाएर आँखाको स्वास्थ्य प्रवर्धन गर्न अस्पतालसँग सहकार्य गरिएको बताउनुभयो । ‘सामुदायिक विद्यालयसँगै संस्थागत विद्यालयका विद्यार्थीको पनि आँखा जाँच गराइनेछ ।’ उहाँको भनाइ थियो ।
सम्झौताबमोजिम अस्पतालले विशेषज्ञ चिकित्सकबाट कम्तीमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीहरुको आँखा जाँच गर्नु पर्नेछ । जाँचपछि औषधि र आवश्यक परे चस्मा पनि प्रदान गर्नुपर्नेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App