वि.सं.: २०८३, जेठ १ शुक्रबार
इ.स.: 2026 May 15, FRIDAY
वि.सं.: २०८३, जेठ १ शुक्रबार
२०७९ बाट थालिएको सम्मान कार्यक्रममा अहिलेसम्म ८१ जना वडाबासी सम्मानित
काठमाडौँ । वडामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान दिने ३२ जना विशिष्ठ व्यक्तिहरुलाई वडा २७ ले सम्मान गरेको छ । नेपाल व्यायाम मन्दिरमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य, शिक्षा, सामाजिक विकास, गायन, वादन, खेलकुद क्षेत्रमा योगदान गर्ने १९ जना व्यक्तित्व हुनुहुन्थ्यो । यस्तै ५ जना सामाजिक व्यक्तित्व र ८ जना पूर्व वडाध्यक्षहरुलाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो । उहाँहरुलाई महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, वडाध्यक्ष योगेशकुमार खड्गीले माला, दोसल्ला तथा प्रमाण पत्रबाट सम्मान गर्नुभयो ।
मरणोपरान्त सम्मान प्रदान गरिएका वडाध्यक्षहरुमा साधना प्रधान, भुवनलाल प्रधान, गोपालदास मानन्धर, हरिनारायण महर्जन, हरिबहादुर श्रेष्ठ, सागर मिश्र, अमरविरसिंह तुलाधर र कृष्ण नारायण श्रेष्ठ हुनुहुन्छ । साधना प्रधान पहिलो निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो । भुवनलाल प्रधान इतिहासकार हुनुहुन्थ्यो ।
उहाँहरुलाई सम्मान गर्दै कार्यवाहक प्रमुख डंगोलले, समाजको सन्तुलित विकासका लागि वडाले गरेका कामको प्रशंशा गर्नुभयो । ‘स्वास्थ्य, शिक्षा, खेलकुद, संस्कृति तथा सम्पदाको संरक्षण, सहरी विकास र व्यवस्थापनका हरेक आयाममा वडाको समान दृष्टि छ । यो अनुकरणीय दृष्टि हो ।’ उहाँले भन्नुभयो, ‘नागरिकका माझमा बसेर योजना बनाउने तथा सेवा प्रवाह गर्ने वडाका जनप्रतिनिधि र कर्मचारीको कार्यशैलीको म प्रशंशक हूँ । ’
‘कर्मका सिलसिलामा विभिन्न क्षेत्रमा पुगे पनि वडामा जन्मिएका विशिष्ठ व्यक्तित्वहरुलाई सम्मानित गरिएको हो ।’ वडाध्यक्ष योगेश कुमार खड्गीले भन्नुभयो, ‘आपसमा सद्भाव र सहरी सेवा सुविधामा समान पहुँच प्रदान गर्न हामी निरन्तर काम गरिरहेका छौँ ।’
‘अग्रजलाई गरिने सम्मानबाट नयाँ पुस्तालाई केही गर्नु पर्छ भन्ने सन्देश प्रवाह हुन्छ भन्ने आशा गरेका छौँ ।’ वडा सदस्य सृष्टि कंसाकारले भन्नुभयो, ‘वडामा हुर्किएका अग्रजहरुको संघर्ष र योगदान पुस्ताहरुका लागि अनुकरणीय छ ।’
वडाले यसप्रकारको सम्मान कार्यक्रम २०७९ सालबाट थालेको हो । पहिलो वर्ष १५ जनालाई सम्मानित गरिएको थियो । दोस्रो वर्ष १४ जना, तेस्रो वर्ष २० जनालाई सम्मानित गरिएको थियो ।
यस वर्ष औषधि उद्योगी महेश प्रधान, समाजशास्त्री रिना बनियाँ, हवइ उड्डयन क्षेत्रका मनिषरत्न शाक्य, द्वारिकाप्रसाद राजभण्डारी र रवि कंसाकार, वनस्पतिशास्त्री स्वयम्भूरत्न तुलाधर हुनुहुन्छ । यसैगरी सितार बादक ताराविरसिंह तुलाधर, सिनेम्याटोग्राफर रवि सायमी, गणित शिक्षाका अध्येता सुगममान तुलाधर, मिसाम्हा द्यः पाला सहनशिला शर्मा, कलाकार गौत्तमरत्न तुलाधर, दन्त चिकित्सक डा. मनिषरत्न बज्राचार्य, मधुमेह र इन्डोक्राइन विज्ञ डा. मनिलरत्न बज्राचार्य, नाक कान घाँटी (ईएनटी) विशेषज्ञ डा. संगीता श्रेष्ठ, शिक्षाविद डा. सुमनकमल तुलाधर, शिक्षा मन्त्रालयका सहसचिव गजेन्द्रलाल प्रधान, राष्ट्रिय महिला फुटवल कोच प्रकाश वैद्य र त्रि. वि. फाइन आर्ट क्याम्पसका क्याम्पस चिफ कृष्ण मानन्धर हुनुहुन्छ ।
सामाजिक क्षेत्रबाट मरणोपरान्त सम्मान प्राप्त गर्नेमा शास्त्रीय संगीतकर्मी हुतराज झा, सामाजिक सेवातर्फ द्रव्यमान सिंह तुलाधर, यातायात व्यवस्थापन तथा सञ्चालन क्षेत्रका लुँपौरत्न तुलाधर र करुणारत्न तुलाधर र प्राध्यापक शंकरप्रसाद प्रधान हुनुहुन्छ ।





निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App