वि.सं.: २०८३, जेठ १ शुक्रबार
इ.स.: 2026 May 15, FRIDAY
वि.सं.: २०८३, जेठ १ शुक्रबार
निर्माण सामग्रीको प्रयोगशाला प्रतिवेदन प्राप्त भएपछि थप निर्णय गरिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टक्सार रानीबन जेवीलाई ५० हजार रुपियाँ जरिवाना तिराएको छ । बसुन्धरा नदी किनारामा रिटेनिङ् पर्खाल बनाउने क्रममा जग कमजोर बनाएको, सिमेन्ट लगाउनु पर्ने ठाउँमा माटो राखेको, पुराना ढुङ्गा प्रयोग गर्दा ढुङ्गामा भएको माटो नपखालेको भन्ने स्थानीय गुनासो कार्यवाहक प्रमुखको सचिवालयमा आएपछि वडा नं. ३ का अध्यक्ष एवं महानगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा, नगर प्रहरी नायव उपरीक्षक प्रकाश पण्डित र महानगर प्रहरी बलका अधिकारीहरुले निर्माण स्थलको निरीक्षण गर्नुभएको थियो । त्यसपछि निर्माण पक्षलाई महानगर प्रहरी बलमा झिकाएर निर्माण सामग्री र निर्माण प्रक्रियाका विषयमा जानकारी लिइएको थियो ।
यसरी जानकारी लिने क्रममा गरिएको छलफलमा प्रोजेक्ट म्यानेजरले बालुवामा माटो मिसिएको, पुराना ढुङ्गा राम्ररी नपखाली प्रयोग गरिएको कुरा स्वीकार गरेपछि जरिवाना गराइएको हो ।
आज नै सार्वजनिक निर्माण विभागका इञ्जिनियरहरुले निर्माण स्थलबाट निर्माण सामग्रीको नमूना लिएर प्रयोगशाला परीक्षणका लागि पठाएका छन् । प्रयोगशाला परीक्षणबाट प्राप्त प्रतिवेदनका आधारमा स्थानीयको गुनासो र निर्माण कार्यका विषयमा निर्णय लिइनेछ ।
सार्वजनिक खरिद प्रक्रियाबाट निर्माण पक्षले कामको जिम्मेवारी पाएको हो । सम्झौता बमोजिम यो काम २०८४ असोज ३० गतेभित्र सम्पन्न गरिसक्नु पर्नेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App