वि.सं.: २०८२, जेठ ८ बिहीबार
इ.स.: 2025 May 22,THRUSDAY
वि.सं.: २०८२, जेठ ८ बिहीबार
जेठ १ गते जिम्मेवारी हेरफेर गरिएका संयोजकहरुबाट बैठक
काठमाडौ । काठमाडौँ महानगरपालिका कार्यपालिका अन्तर्गतका विधायन समिति र सुशासन समितिका संयोजकहरुले मंगलवार समितिको बैठक बोलाउनु भएको छ ।
जेठ १ गते ४ वटा समितिका संयोजकहरु हेरफेर हुनुभएको छ । काठमाडौँ महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिनुभएको हो ।
परिवर्तन गरिएका समितिहरुमा सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन् ।
आज सुशासन समितिका सदस्य सचिव धु्रवकुमार काफ्ले, विधायन समितिका सदस्य सचिव बसन्त आचार्य तथा प्रमुखको सचिवालयका तर्फबाट प्रमुख स्वकीय सचिव भुपदेव शाह वडा कार्यालयमा पुगेर समितिका संयोजकहरुलाई शुभकामना दिनुभएको थियो ।