Logo
  • वि.सं.: २०८३, असर ५ शुक्रबार​

  • इ.स.: 2026 June 19, FRIDAY

  • वि.सं.: २०८३, असर ५ शुक्रबार​

  • उद्घाटन खेलमा ललितपुर महानगरपालिकालाई ६ विकेटले पराजित गर्दै काठमाडौँ महानगरपालिकाको विजयी सुरुवात

    कीर्तिपुर क्रिकेट मैदानमा ६ वटा महानगरपालिकाका टीम सुरु भएको क्रिकेट प्रतियोगिता काठमाडौँ  महानगरपालिकाका कार्यवाहक प्रमुखबाट उद्घाटन

    काठमाडौँ । पीए सिंह स्मृति टी-२० कप २२६ अन्तर्गत त्रि. वि. क्रिकेट मैदानमा भएको उदघाटन खेलमा काठमाडौँ महानगरपालिकाले ललितपुर महानगरपालिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

    टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको काठमाडौँ महानगरपालिकाले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ललितपुर महानगरपालिकालाई निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रनमा सीमित गर्‍यो ।

    ललितपुरका लागि आदिल खानले ३५ बलमा सर्वाधिक ३९ रन बनाउनुभया भने बिबेक राना मगरले २७ बलमा १९ रनको योगदान दिनुभयो । काठमाडौँका बलरमध्ये विशाल फुयाँलले १७ रन खर्चेर ३ विकेट लिँदै विपक्षी ब्याटिङलाई दबाबमा राख्नुभयो भने कृष कार्कीले २४ रन दिएर २ विकेट हात पार्दै राम्रो साथ दिनुभयो ।

    जितका लागि १२४ रनको लक्ष्य पछ्याएको काठमाडौँ महानगरपालिकाले १८.१ ओभरमा ४ विकेट गुमाउँदै १२७ रन बनाइ सहज जित दर्ता गर्‍यो । काठमाडौंको जितमा ऋत गौतमले ४७ बलमा अविजित ५२ रन बनाउँदै इनिङ्स सम्हाल्नुभयो । उत्तम थापा मगरले ३२ बलमा अविजित ३३ रन जोड्दै टोलीलाई लक्ष्यसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । 

    ललितपुरका लागि बिधान खतिवडाले २४ रन खर्चेर ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन । त्यस्तै, सक्रिय प्रताप कार्कीले २३ रन दिएर १ विकेट आफ्नो नाममा लेखाउनुभयो ।

    यो जितसँगै काठमाडौँ महानगरपालिकाले प्रतियोगितामा महत्वपूर्ण २ अंक जोड्दै आफ्नो अभियान सकारात्मक रूपमा अघि बढाएको छ ।

    काठमाडौँ महानगरपालिकाको आयोजना र क्रिकेट संघ बागमती प्रदेशको व्यवस्थापनमा प्रतियोगिता आयोजना भएको हो । म्याच अफिसियललाई बल दिँदै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, खेलको शुभारम्भ गर्नुभएको थियो । त्यसपछि उपत्यकाभित्रका दुई महानगरपालिकाका बिच उद्घाटन खेल भएको थियो । त्यस क्रममा बोल्दै उहाँले, खेलाडीहरुलाई खेल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने लक्ष्यसहित प्रतियोगिता प्रारम्भ गरिएको बताउनुभयो । 

    ‘खेल्ने मौकाले सिक्ने अवसर दिन्छ । हामी हरेक खेलाडीलाई यो अवसर प्रदान गर्न चाहन्छौँ ।’ खेलाडीहरुलाई प्रोत्साहन गर्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘सबै विधाका खेललाई सन्तुलित विकास गरेर खेल क्षेत्रबाट वृत्ति विकास खोज्ने युवाहरुलाई अवसर प्रदान गरिने हाम्रो योजना छ ।’

    त्यस अवसरमा सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले, यस वर्षको सिकाइबाट आगामी वर्षको खेललाई अझ परिष्कृत र विकसित गरिने बताउनुभयो । 

    काठमाडौँ महानगरपालिकाकाले सहयोगबाट यस वर्ष हामीले देशका सबै महानगरपालिकालाई समेटेर प्रतियोगिता आयोजना गर्न सक्यौँ । यो सहयोग रहिरहे आगामी वर्ष सबै प्रदेशबाट प्रतिस्पर्धा गराउनेछौँ । नेपाल क्रिकेट संघका सचिव एवं वागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्काले योजना सुनाउनुभयो । 

    आन्तरिक प्रतिस्पर्धामध्ये यो सर्वाधिक राशीको प्रतिस्पर्धा हो । यसका विजेताले ११ लाख रुपियाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५ लाख रुपियाँ पाउनेछन् । यस्तै वेष्ट बलर, वेष्ट वाट्स म्यान, प्लेयर अफ द टुर्नामेन्टलाई नगदसहित पुरस्कृत गरिनेछ । 

    यस वर्षको प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज गरी ६ वटा महानगरपालिकाबाट राष्ट्रिय खेलाडीसहितको टोली प्रतिस्पर्धामा हुनुहुन्छ । नेपाल सिनियर, नेपाल ए को सिनियर टीमबाट खेलेका, नेपाल अन्डर नाइन्टीन र अन्डर सिक्सटीनबाट खेलेका खेलाडीहरुले प्रतियोगितामा भाग लिएको बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सञ्जय बस्नेतले जानकारी दिनुभयो । 

    भोलि विहान ९ बजे भरतपुर महानगरपालिकाका विरुद्ध वीरगञ्ज महानगरपालिका र दिउँसो १ बजे पोखरा महानगरपालिका विरुद्ध विराटनगर महानगरपालिकाक बिच खेल हुँदैछ । 


     

  • प्रकाशित मिति शुक्रबार​ ५ असर २०८३ ०९:२६ PM