वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
३० वटा प्रस्ताव र २ वटा विविध विषयमा छलफल र निर्णय
काठमाडौँ । काठमाडौँ महानगरपालिका नगर सभाको १८ अधिवेशन पुस ११ गतेका लागि आव्हान भएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको ४४ औँ कार्यपालिका बैठकले नगर सभाको अधिवेशन मिति तोकेको हो ।
बैठकमा प्रशासन, पूर्वाधार निर्माण, वातावरण, सूचना प्रविधि, अन्तरराष्ट्रिय सम्बन्ध, कानुन तथा मानव अधिकार, महानगर प्रहरी बल, राजस्व, स्वास्थ्य, शिक्षा, सामाजिक विकास, सम्पदा तथा पर्यटन र सहकारी क्षेत्रका ३० वटा प्रस्ताव र विविधमा २ वटा विषयमाथि छलफल र निर्णय भए ।
कार्यपालिका पूर्ण वैठकको भिडियो यहाँ हेर्न सकिन्छ ।
बैठकबाट निःशुल्क शिक्षा कार्यान्वयनका लागि विद्यालयहरुलाई निकासा दिने, विद्यालय र हातको सौन्दर्य अभिवृद्धि गर्न विद्यालयहरुलाई अनुदान प्रदान गर्ने, नेपाल भाषाको पाठयक्रम स्वीकृत तथा पाठयपुस्तक संशोधन, १५ प्रतिशतदेखि २५ प्रतिशतसम्म भेरिएसन भएका विभिन्न पूर्वाधार योजनाहरुको अनुमोदन गर्ने लगायत निर्णय भएका छन् । यसै गरी दृष्टिविहिन क्रिकेट उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही १ लाख रुपियाँ र टोलीका अन्य सदस्यलाई ५० हजार रुपियाँका दरले नगदसहित सम्मान गर्ने निर्णय भएको छ ।
श्री पारसनाथ महादेव तथा आनन्द भैरव मन्दिर, ज्ञानेश्वर व्यवस्थापन समिति कार्यविधि २०८२, बाल कोष परिचालन मापदण्ड २०८२ स्वीकृत गरिएको छ । यस्तै रचनात्मक सहर सञ्जाल कार्यविधि, संशोधनसहित स्वीकृत भएको छ । सहकारी ऐन २०७४ संशोधनका लागि र सूचना प्रविधि कार्यविधि तर्जुमा गर्नका लागि सैद्धान्तिक सहमति दिएको छ । वैठकमा महानगर प्रहरी ऐन संशोधन, महानगरबासीलाई निःशुल्क रक्त पदार्थ उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App