नागरिकको स्वास्थ्य, हाम्रो दायित्व हो - वडाध्यक्ष संगत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ८ ले आज निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । शिविरमा ३३१ जनाको आँखा जाँच भयो । शिविरमा नेपाल आँखा कार्यक्रम (तिलगंगा आँखा प्रतिष्ठान, द फ्रेड हलोज फाउन्डेसन)को प्राविधिक सहयोग थियो ।
महिला १९१ जना महिला र पुरुष १४० जनाको आँखा जाँच गर्दा ११३ जनामा डाइवेटिक रेटिनोप्याथीको स्क्रिनिङ्ग जाँच गरिएको थियो । जाँचिएकामध्ये १४ जनामा समस्या देखियो । ५ जनालाई अस्पताल जान शिफारिस गरियो । जाँच गरिएकामध्ये १९ जनामा मोतिविन्दुको समस्या देखिएको छ ।
नागरिकको स्वास्थ्य स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै शिविरमा वडाध्यक्ष आशामान संगतले, उपचारात्मक स्वास्थ्य सेवासँगै प्रवर्धनात्मक स्वास्थ्यका कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।