वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
खेलाडीहरुको सहभागिता उत्साहजनक छ - वडाध्यक्ष महर्जन
काठमाडौँ । ‘मिस्टर महानगर’ शारीरिक सुगठन प्रतियोगिताका लागि ३८ जना खेलाडी प्रतिस्पर्धामा छन् । आज राष्ट्रिय सभा गृहमा सम्पन्न तौल मापनबाट विभिन्न तौल समूहका खेलाडीहरुको संख्या कायम गरिएको छ । जसमा ७५ के. जी. माथिको तौल समूहका खेलाडीको संख्या ६ जना रहेको छ । ७५ के. जी. सम्म तौल समूहका खेलाडीको संख्या ५ जना, ७० के. जी. सम्म तौल समूहका ६ जना, ६५ के. जी. सम्म तौल समूहका ८ जना, ६० के. जी. सम्मको तौल समूह भएका खेलाडीको संख्या ७ जना ५५ के. जी. सम्मको तौल समूहका ६ जना खेलाडी प्रतिस्पर्धामा रहेको वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिनुभयो ।
खेलाडीहरुको सहभागिता र प्रतिस्पर्धाप्रतिको उत्साहले हामी पनि उत्साहित भएका छौँ । वडाध्यक्ष महर्जनको प्रतिक्रिया छ ।
काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले ‘हेल्दी बडी, हेल्दी सोसाइटी’ नारासहित ‘फस्ट मिस्टर महानगर वडी विल्डिङ् च्याम्पियनसिप २०८२’ आयोजना गरेको हो । प्रतियोगितामा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघसँगको सहकार्य र काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोग रहेको छ ।
वल्र्ड बडी विल्डिङ् फेडेरेसनका अन्तरराष्ट्रिय निर्णायक एवं च्याम्पियनसिपका संयोजक ईश्वर श्रेष्ठका अनुसार क्याटागोरीका हरेक प्रथम, द्वितीय र तृतीयलाई क्रमशः स्वर्ण र नगदर ७५ हजार रुपैयाँ, रजत पदक र ५० हजार रुपैयाँ र कास्य पदक २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । भोलि राष्ट्रिय सभा गृहमा प्रिजजिङ् र फाइनल प्रतियोगिता हुनेछ ।
प्रत्येक तौल समूहका विजेताहरुका मिस्टर महानगरको दावेदार हुनेछन् । यी दावेदारहरुका बिचमा ओभरअल प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धाका विजेता मिस्टर महानगर घोषित हुनेछन् । मिस्टर महानगरले तौलसमूहको विजेता भएर ७५ हजार रुपैयाँ र ओभरअल प्रतिस्पर्धाको विजेता भएर पदकसहित ५ लाख रुपैयाँ प्राप्त गर्नुहुनेछ ।
प्रतियोगितासँगै शारीरिक सुगठन क्षेत्रको विकास र विस्तारका लागि योगदान गर्ने खेलाडीहरुलाई सम्मान प्रदान गर्ने वडाको योजना छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App