वि.सं.: २०८२, कात्तिक ९ आइतबार
इ.स.: 2025 October 26,SUNDAY
वि.सं.: २०८२, कात्तिक ९ आइतबार
सामुदायिक विद्यालयहरुमा डिजिटल शिक्षण सिकाई गर्न सम्झौता
काठमाडौँ । सामुदायिक विद्यालयहरुमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौँ महानगर र डिजिटल एण्ड वियोन्ड प्रा. लि. विच सम्झौता भएको छ । महानगरकी उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालको रोहवरमा आज राष्ट्रिय सभा गृहमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुङ्गानाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । वियोन्ड गुगलको नेपाल र दक्षिण एशियाली साझेदार संस्था हो ।
आउँदो २ बर्षका लागि भएको सम्झौताबमोजिम वियोन्डले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने सुविधा, सञ्चालन र व्यवस्थापनका लागि तालिमलगायत सहयोग सेवा निःशुल्क उपलब्ध गराउनेछ । यसअन्तर्गत सामुदायिक विद्यालयहरुमा शिक्षण र सिकाईका लागि शिक्षकहरुको डिजिटल क्षमता विकास गर्ने, विद्यार्थीलाई पढाउने, शिक्षण सिकाई व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनेलगायत काम हुनेछन् । 
कोड क्लब गठन गरेर कक्षा २ देखि कक्षा १२ सम्मका बिद्यार्थीलाई लक्षित उमेर समूहमा राखेर गुगल वर्कप्लेस फर एजुकेसनमार्फत यस सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । यसमा हरेक विद्यालयमा वेभ साइट चलाउन र सामग्री व्यवस्थापन गर्न एक जना प्रतिनिधिलाई तालिम दिइनेछ ।
यसरी काम गर्दा साइबर सुरक्षा सुनिश्चित गर्ने, गुगलको चिल्डे«न अनलाइन प्राइभेसी प्रोटेक्सन नियमअन्तर्गत मेल जारी गर्ने काम वियोन्डले गर्नेछ ।
सम्झौतापछि बोल्दै महानगरकी उपप्रमुख डंगोलले, डिजिटल प्रविधि प्रयोगको प्रत्यक्ष लाभ विद्यार्थीहरुको शैक्षिक तथा मानसिक विकासमा हुनुपर्ने धारणा राख्नुभयो । ‘शिक्षकहरुलाई प्रविधिको प्रयोग गर्न सक्ने बनाएर शिक्षण क्रियाकलापमा सिकाउने र सिक्नेको सम्बन्ध जोड्नुपर्छ । शिक्षकहरुको क्षमता विकास गरिएन भने विद्यार्थीहरुमा शिक्षकभन्दा आफूमा बुझ्न सक्ने क्षमता धेरै भएको महसुस हुन सक्छ । यसले सिकाई प्रणालीमा असर पुग्छ ।’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘बालबालिका चाहे संस्थागत विद्यालयमा पढुन या सामुदायिक विद्यालयमा । डिजिटल प्रविधिमा समान पहुँच हुनुपर्छ । यसका लागि आजको सम्झौता लाभदायक हुने मैले अपेक्षा गरेकी छु ।’
सम्झौताका क्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, शैक्षिक रुपान्तरणका लागि गरिने क्रियाकलापबाट क्रमशः नतिजा दिँदै जाने धारणा राख्नुभयो । ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका विषयमा प्रश्न उठिरहन्छन् । यो अवस्थालाई सुधार गरेर हामी संस्थागत विद्यालयसँग प्रतिस्पर्धी बनाउँछौँ ।’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ थियो । योजनावद्ध शिक्षण सिकाईका लागि अबका कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ थियो । 
काठमाडौँ महानगरमा भएका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ५० हजार विद्यार्थीहरुको पहुँचमा एकैपटक डिजिटल साक्षरताको पहुँच पु¥याउनु पर्छ । सम्झौतापछि महानगरका शिक्षा सल्लाहकार रेशु अर्यालले भन्नुभयो, ‘डिजिटल साक्षरताविना शिक्षालाई प्रतिस्पर्धी बनाउन सकिँदैन । प्रतिस्पर्धी शैक्षिक स्तरविना बजारमा आवश्यक जनशक्तिको योग्यता पुग्दैन । हामी हाम्रा सामुदायिक विद्यालयहरुबाट बजारमा आवश्यक भएको सक्षम जनशक्ति उत्पादन गर्न चाहन्छौँ । यसका लागि आजको सम्झौता महत्वपूर्ण पाइला हो ।’
कोविडका समयमा सञ्चालन गरिएको अनलाइन शिक्षण पद्धति आपतकालीन थियो । अबको प्रणालीबाट प्रतिकुल परिस्थिति योजनावद्ध सिकाई हुन सक्ने वातावरण बन्नेछ । सम्झौताका क्रममा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीको भनाइ थियो ।
वियोन्डले कोविड १९ संक्रमणका समयमा विद्यालय शिक्षालाई नियमित गर्ने काम ग¥यो । हामीसँग अहिले ६ हजार ५ सय शिक्षकहरुको सञ्जाल छ । हामी उहाँहरुलाई तालिम उपलब्ध गराइरहेका छौँ । वियोन्डका प्रमुख कार्यकारी निर्देशक ढुङ्गानाले सम्झौता अवसरमा प्रस्तुतिकरण गर्दै भन्नुभयो, ‘वेभमा खोज्न थाल्ने हो भने अति धेरै सिकाई सामग्री छन् । कुन सामग्री ठीक, कुन वेठीक, कुन आवश्यक कुन अनावश्यक भन्न गाह्रो छ । हामी सिकारुलाई आवश्यक पर्ने सामग्रीमा आधारित दवाब सिर्जना नगरी क्रिटिकल र क्रियटिभ सोच्न सक्ने बनाउन कार्यक्रम सञ्चालन गर्छौँ ।’
वियोन्डले सन् २०१३ मा गुगलबाट एजुकेटर समूहका रुपमा मान्यता पाएको हो । त्यसपछि उसले डिजिटल ट्रान्सफरमेसन, स्कूल म्यानेजमेन्ट, टिचर टे«निङ् लगायतका काम गर्दै आएको छ ।
 निशुल्क उपचार सहजिकरण सेवा
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                         फोहरमैला व्यवस्थापन प्रणाली
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                         पार्किङ्ग व्यवस्थापन प्रणाली
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                         Intern आवेदन प्रणाली
                        Intern आवेदन प्रणाली
                    
                                    
                         KMC Mobile App
                        KMC Mobile App
                    
                                    
                         इजलास व्यवस्थापन प्रणाली
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                         विद्युतीय नक्शा पास प्रणाली
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                         बिपद् सूचना ब्यवस्थापन प्रणाली
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                         सहकारी व्यवस्थापन प्रणाली
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                         बोलपत्र आवहन प्रणाली
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                         घटना दर्ता नागरिक सेवा
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                         राजश्व भुक्तानी प्रणाली
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                         KMC Smart Toilet
                        KMC Smart Toilet
                    
                                    
                         Metro Mart
                        Metro Mart
                    
                                    
                         KMC Parking  App
                        KMC Parking  App