वि.सं.: २०८२, फागुन ३ आइतबार
इ.स.: 2026 February 15,SUNDAY
वि.सं.: २०८२, फागुन ३ आइतबार
उपप्रमुख डंगोल र विभागीय प्रमुखहरुबिच अहिलेसम्मको प्रगति समीक्षा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले विभागीय प्रमुखहरुसँग चालु आर्थिक वर्षमा सम्पन्न कार्यक्रमबाट प्राप्त नतिजाका बारेमा समीक्षा गर्दै एउटै योजनाबाट धेरै नागरिकलाई लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ । आज उहाँकै वैठक कक्षमा विभागीय प्रमुखहरुलाई निर्देशन दिँदै उहाँले, आगामी आर्थिक वर्षको नीति, योजना तथा कार्यक्रमको आन्तरिक तयारी थाल्ने बेला भएको बताउनुभयो ।
‘आउँदो वर्षमा स्रोत अनुमान समितिले प्रदान गरेको सिमाभित्र रहेर स्मार्ट, कार्यान्वयन योग्य, धेरैलाई लाभ हुने र नीतिले निर्दिष्ट गरेका कार्यक्रम प्रस्ताव हुनुपर्छ । क्रमागत योजना घटाउँदै लैजानुपर्छ ।’ उहाँले अपेक्षित हासिल गर्ने विषयमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई भन्नुभयो, ‘कार्यक्रम तर्जुमा गर्ने समय भएकोले कर्मचारी सरुवा नगर्नू । एउटाले अघि बढाएको काम बिचमा आएर अर्कोलाई टुङ्गोमा पु¥याउन कठिन हुन्छ ।’
बैठकमा उहाँले नतिजामुखी नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न योजनावद्ध काम गर्नुपर्ने बताउनुभयो । यसको तयारीका क्रममा संघ र प्रदेश सरकारसँग समन्वय गर्नु पर्ने, वैठक गर्नुपर्ने, कानुनले समय तोकेर गर्नु भनेका काम जिम्मेवारीमा पर्ने अधिकारीले समयमा सम्पन्न गर्नुपर्ने, नगर सभामा प्रस्तुत हुने आर्थिक विधेयक र विनियोजन विधेयकलाई व्यवहारिक समय सापेक्ष र व्यवहारिक बनाउन योजना गर्नु पर्ने, आउँदो वर्षको कार्यक्रममा भौतिक पूर्वाधारतर्फ ड्रइङ्, डिजाइन र लागत अनुमान भएका कार्यक्रमलाई समेट्नु पर्ने उहाँको भनाइ थियो ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, प्रक्रियामा आएका फाइलहरु कतै नरोकिने गरी निर्णय प्रक्रियामा लगिएको जानकारी दिनुभयो ।
वैठकमा योजना, अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले, विभागहरुले प्राप्त गरेका उपलब्धिका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App