वि.सं.: २०८३, असर ७ आइतबार
इ.स.: 2026 June 21,SUNDAY
वि.सं.: २०८३, असर ७ आइतबार
सम्मेलनमा भाग लिएर प्रतिनिधि मण्डल शुक्रबार स्वदेश फर्किनेछ
काठमाडौँ । इजरायलको तेल अभीभमा आयोजना हुने म्युनिसिपल कन्फरेन्सको दशौँ संस्करणमा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर र विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा इजरायल प्रस्थान गर्नुभएको छ ।
इजरायल सरकार विदेश मन्त्रालयको निमन्त्रणामा उहाँहरु शनिवार रातिको उडानबाट कार्यक्रमका लागि प्रस्थान गर्नुभएको हो । ‘सफल साझेदारी (वीनिङ पार्टनरसिप)’ शीर्षकमा हुने सम्मेलनमा भाग लिन विश्वका १५० भन्दा धेरै सहरका प्रमुख, नगरपालिकाका नेताहरु, सरकारी अधिकारी, सहरी योजनाकार तथा विज्ञहरुको सहभागिता हुनेछ । असार ९ (भोलि), १० र ११ गते (जुन २३, २४ र २५ तारिख) गरी ३ दिन चल्ने कार्यक्रममा नेपालबाट काठमाडौँसहित पोखरा महानगरपालिका र जनकपुर नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरु सहभागिताका लागि जानुभएको छ । उहाँहरु सम्मेलनसँगै आयोजना हुने प्रदर्शनी (एक्पो)मा वृहत् व्यावसायिक भ्रमणमा सहभागी हुनुहुनेछ ।
सहरी व्यवस्थापनका उन्नत तथा नविन प्रविधिहरू, नविन नगरपालिकाका अभ्यासहरु र स्थानीय शासनका असल तथा सफल मोडलका विषयमा आपसी ज्ञान, सिप र अनुभव आदान प्रदान गर्नु सम्मेलनको मुख्य उद्देश्य हो । यसका लागि विषयगत सम्मेलन र व्यावसायिक सञ्जाल निर्माण सत्रहरु सञ्चालन हुनेछन् ।
यो कार्यक्रम इजरायलको स्थानीय सरकार महासंघको प्रमुख वार्षिक कार्यक्रम हो । स्थानीय शासनका नेताहरु, सहरी विकास तथा व्यवस्थापनका योजनाकारहरू, नवप्रवर्तनमा काम गर्ने विज्ञहरुका बिचमा हुने छलफलबाट सहरी समस्या समाधानका लागि अत्याधुनिक प्रविधि र उपाय खोजिनेछ । यसका लागि फरक परिवेशका सहरी नेतृत्वमा रहनुभएका मेयरहरू र नगरपालिकाका प्रतिनिधिहरूसँग विचार आदानप्रदान, दिगो सहरी विकास, स्मार्ट सहरहरू, सार्वजनिक सेवा, नविन परियोजनाहरू अन्वेषणका लागि योजना हुन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App