Logo
  • वि.सं.: २०८३, असर ७ आइतबार​

  • इ.स.: 2026 June 21,SUNDAY

  • वि.सं.: २०८३, असर ७ आइतबार​

  • उमेर समूह विभाजन गरेर आयोजना गरिएको वडास्तरीय दौड प्रतियोगितामा ९४ प्रतियोगी दौडिए

    'खेलमार्फत स्वस्थ्य समाज निर्माण लक्ष्य हो' - प्रवक्ता, मानन्धर

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १७ ले वडाबासीका बिच दौड प्रतियोगिता सम्पन्न गरेको छ । शनिवार उमेर समूहमा महिला र पुरुषका बिच भएको छुट्टाछुट्टै प्रतियोगितामा ९४ जना प्रतियोगी दौडिएका थिए । यसअन्तर्गत १० देखि १६ वर्ष उमेर समूहका १ पुरुष र महिलाका लागि १ किलोमिटर दुरी राखिएको थियो । यस समूहमा १९ जना प्रतियोगी हुनुहुन्थ्यो । १७ वर्षदेखि ३९ वर्षसम्म ३२ जना र ४० वर्ष माथि तथा भेट्रान समूहमा ४५ जना सहभागी हुनुहुन्थ्यो । यो समूहका लागि ४ किलोमिटर दुरी तय गरिएको थियो । यसरी ३ उमेर समूहका महिला र पुरुष गरी ६ वटा समूहमा प्रतियोगिता सम्पन्न गरिएको हो । 

    मंगलादेवी सिंह शतवार्षिकी जन्म जयन्तीका अवसरमा वडा नं. १७ ले प्रतियोगिता आयोजना गरेको हो । 

    प्रतियोगितामा १०-१६ उमेर समूहका पुरुषतर्फ लुजा महर्जन, स्वयम मगैया र अञ्जुस शाही तथा महिलातर्फ परी शाही, गरिमा महर्जन र सृष्टि महर्जनले क्रमशः पहिलो दोस्रो र तेस्रो स्थान हासिल गर्नुभयो । यस समूहको प्रथम हुनेलाई नगद १५ हजार रुपियाँ, दोस्रो हुनेलाई १० हजार रुपियाँ र तेस्रो हुनेलाई ५ हजार रुपियाँसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । 

    १७ वर्षदेखि ३९ वर्ष उमेर समूहको पुरुषतर्फ निश्चलरत्न बज्राचार्य, अजित देउला र साजलराज जोशी र महिलातर्फ गनिशा महर्जन, प्राची मगैया र प्रीना खड्गीले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नुभएको थियो । यस्तै ४० वर्षमाथि उमेर समूहका प्रतियोगीमध्ये महिलातर्फ लक्की थापा, ज्ञानी महर्जन र सरस्वती महर्जनले तथा पुरुषतर्फ साजन बस्नेत, विकेश श्रेष्ठ र अमनकुमार तुलाधरले पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नुभयो । विजेता चारवटै समूहको पहिलो पुरस्कार २० हजार, दोस्रो पुरस्कार १५ हजार रुपियाँ र तेस्रो पुरस्कार १० हजार रुपियाँ थियो । 

    प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कार वितरणपछि संक्षिप्त प्रतिक्रियामा नेपाली कांग्रेस नेतृ सिर्जना सिंहले, सकारात्मक समाज निर्माणका लागि खेल अपरिहार्य माध्यम भएको बताउनुभयो । 

    वडाबासीको अपेक्षा अनुसारका पूर्वाधार र सामाजिक क्षेत्रका काम सञ्चालन गरिएको बताउँदै वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले, स्वस्थ्य समाज निर्माणको लक्ष्य राखेर विधागत खेलका कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

     

     

     

     

     

  • प्रकाशित मिति आइतबार​ ७ असर २०८३ ०६:३८ PM