वि.सं.: २०८२, पुस १४ सोमबार
इ.स.: 2025 December 29,MONDAY
वि.सं.: २०८२, पुस १४ सोमबार
फोरममा केयर (हेरचाह) इकोनोमी र महिलाहरुको आर्थिक सशक्तिकरणको सम्भावनामा छलफल हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल दोस्रो एशिया प्यासिफिक केयर फोरमको प्यानलिष्टका रुपमा भाग लिन थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । उहाँलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठी, उपप्रमुखको सचिवालय प्रमुख सौरभ गौत्तमसहित अधिकारीले अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गर्नुभएको थियो ।
विशिष्ट कक्षमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई भेट भएको थियो । उहाँ पनि कार्यक्रमका लागि प्रस्थान गर्दै हुनुहुन्थ्यो ।
भोलिदेखि सुरु हुने फोरमका कार्यक्रमअन्तर्गत उपप्रमुखले ‘केयरिङ् सिटिज’ शीर्षकमा हुने संवाद र छलफल सत्रको प्यानलिष्टका रुपमा धारणा राख्नुहुनेछ । प्यानल, लैङ्गिक उत्तरदायी सहरी योजनाका विषयमा केन्द्रीत हुनेछ ।
फोरमका छलफल प्रस्तुति र संवादहरु केयर (हेरचाह) र महिलाहरुको आर्थिक सशक्तिकरणलाई आगामी दिनमा थप शसक्त बनाउने, नीति, योजना, कार्यक्रम र लगानीका कोणबाट साझा बुझाइ निर्माणमा लक्षित हुनेछन् । ‘केयर इकोनोमी’ का सफल र असल अभ्यासहरुको आदानप्रदान हुनेछन् । महिला सशक्तिकरणको एशिया प्यासिफिक क्षेत्रमा विद्यमान सोचको पुस्तान्तरण, यसको रुपान्तरणमा महिलाहरुको आर्थिक सशक्तिकरण, रुपान्तरणका लागि निजी तथा सामुदायिक संघसंस्थाहरुको दायित्व, लगानी र भूमिका, केयर इकोनोमी (हेरचाह अर्थतन्त्र) देखि केयर सिस्टम (हेरचाह प्रणाली) सम्मको चक्रमा केयर इन्टरप्रेनरसिप (हेरचाह उद्यमशीलता) लगायत विषय उठान हुनेछन् ।
फोरममा उपप्रमुखले, लैङ्गिमैत्री सहरका लागि पूर्वाधार निर्माण गर्ने तथा सेवा प्रवाह गर्ने दिशामा महानगरपालिकाले सञ्चालन गरेका कार्यक्रमका बारेमा जानकारी दिनुहुनेछ । आगामी सम्भावित कार्यक्रम र अपेक्षित उपलब्धीका विषयमा धारणा राख्नुहुनेछ । यस्तै भौतिक पूर्वाधार, सामाजिक र सांस्कृतिक पक्षसँग केयर योजनाको सम्बन्ध बारेमा धारणा राख्नुहुनेछ ।
यो विषय प्यानलमा उठान हुने विषय, सोधिने प्रश्न र अन्तरक्रियाको दिशाले निर्धारण गर्नेछ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App