वि.सं.: २०८२, कात्तिक ११ मंगलबार
इ.स.: 2025 October 28,TUESDAY
वि.सं.: २०८२, कात्तिक ११ मंगलबार
महानगरका सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने
काठमाडौँ । मतदाता शिक्षाका लागि काठमाडौँ महानगरपालिकाले वडास्तरीय ‘मतदाता शिक्षा सञ्चालन समिति’ गठन गरेर संयोजकहरुलाई आज अभिमुखीकरण सम्पन्न गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको संयोजकत्वमा रहेको ‘स्थानीय तह स्तरको मतदाता शिक्षा समन्वय समिति’ को बैठकले वडा सचिवको संयोजकत्वमा शिक्षा सञ्चालन समिति गठन गरेर अभिमुृखीकरण सञ्चालन गरेको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को निर्वाचन शिक्षा कार्यक्रमअन्तर्गत प्रशासन विभागले अभिमुखीकरण सम्पन्न गरेको हो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतदाता शिक्षा कार्यक्रम निर्देशिकाबमोजिम मतदाता शिक्षा हेर्ने आयुक्तको संयोजकत्वमा ८ सदस्यीय निर्देशक समिति, निर्वाचन आयोगका सचिवको संयोजकत्वमा ९ सदस्यीय कार्यान्वयन समिति र सचिवकै सयोजकत्वमा ८ सदस्यीय जाँचबुझ तथा अनुगमन समिति गठन गर्ने व्यवस्था छ ।
यसैगरी प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय जिल्ला स्तरीय समिति, पालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ४ सदस्यीय स्थानीय तह स्तरको समन्वय समिति र वडा सचिवको संयोजकत्वमा ३ सदस्यीय मतदाता शिक्षा सञ्चालन समितिको व्यवस्था छ ।
महानगरको समन्वय समितिले वडा स्तरीय समितिका संयोजक (वडा सचिव) लाई महिला स्वयम्सेविका १ जना र सहायक स्तरको कर्मचारी १ जना तोक्ने अधिकार दिएको छ । महानगरको प्रशासन विभागका प्रमुख महेश काफ्लेकाअनुसार निर्देशिकाले वडामा सञ्चालन हुने मतदाता शिक्षा समुदायस्तर÷घरदैलो कार्यक्रमका लागि वडामै कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट न्युनतम एसईई (एस.एल.सी.) उत्तीर्ण गरेका एकजनालाई तोक्नु पर्नेछ । महानगरबाट वडामा तोक्नुभन्दा क्रियाशीलताका आधारमा वडा सचिवले तोक्दा प्रभावकारी हुने भएकोले समन्वय समितिले महिला स्वास्थ्य स्वयमसेविका तोक्ने जिम्मेवारी वडा सचिवलाई नै दिएको छ ।
महानगरका सहायक निर्देशक एवं निर्वाचन सम्पर्क व्यक्ति राम सापकोटाकाअनुसार कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म समुदाय स्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ । वडा क्षेत्रभित्रका सबै मतदातालाई समेट्ने गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन कार्यतालिका तयार गरी महिला स्वास्थ्य स्वयंसेविकाबाट वडाभित्र समुदायस्तरमा घरदैलो कार्यक्रम सञ्चालन हुनेछ । सापकोटाले कार्यको समयावधिका विषयमा जानकारी दिनुभयो ।
समितिले मतदाता शिक्षालाई प्रभावकारी रूपमा जनस्तरसम्म पु¥याउन वडा क्षेत्रभित्र क्रियाशील राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्था, नागरिक समाज, सामाजिक अगुवा आदिसँग सामुहिक साक्षात्कार तथा अन्तरक्रिया गरी मतदाता शिक्षा कार्यक्रममा सहयोग र सहजीकरण गर्न अनुरोध गर्न सक्नेछ ।
घरदैलोसम्म पुगेर मतदातालाई आवश्यक सूचना र सन्देश प्रदान गर्ने, निर्वाचन कार्यालयबाट प्राप्त भएका पर्चा, पोष्टर, ब्रोसर लगायतका मतदाता शिक्षा सामग्री वितरण तथा टाँस गर्ने, स्थानीयस्तरमा प्रचलित मेला महोत्सव, हाटबजार आदिमा प्रचार प्रसार र सचेतनाको कार्यक्रम गर्ने काम गर्नेछ ।
वडा क्षेत्रमा आयोगबाहेक अन्य निकायबाट सञ्चालन भएका मतदाता शिक्षाका गतिविधिको बारेमा निर्वाचन कार्यालयमा नियमित जानकारी गराउने, दैनिक भएका कामको टिपोट गरी समन्वयकर्ता र अनुगमन अधिकृत समक्ष पेश गर्ने काम समितिको हो ।
मतदान सम्बन्धी जानकारीका लागि आयोगले घुम्ती टोलीमार्फत सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, नमूना मतदान तथा अन्तरक्रिया कार्यक्रम गर्नेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App