वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
जिल्लाव्यापी खेलकुदमा करिब १ हजार खेलाडीले प्रतिस्पर्धा गरेका थिए
काठमाडौँ । असार १ गतेदेखि लैनचौरमा सुरु भएको जिल्लाव्यापी वृहत खेलकुद प्रतियोगिता शनिवार समापन भएको छ । महानगरपालिकाको वडा नम्बर २६ ले आयोजना गरेको प्रतियोगितामा महानगरपालिकाका वडाहरुसँगै जिल्लाका करिब १ हजार खेलाडीले विभिन्न ५ वटा विधामा प्रतिस्पर्धा गरेका थिए । समापन अवसरमा फुटसल खेल खेलाइएको थियो । नकआउटका आधारमा खेलाइएको खेलबाट फाइनलमा पुगेका तारकेश्वर नगरपालिकाको टीम र महानगरपालिकाको वडा नम्बर ५ को टीमले अन्तिम प्रतिस्पर्धा गरेका थिए । ४० मिनेट खेलाइएको खेलको पहिलो हाफमा वडाको टीमले १ गोल गरेको थियो । दोस्रो हाफमा नगरपालिकाको टीमले १ गोल गरेपछि बराबरीमा पुगेका टीममा पेनाल्टी सुट गराइएको थियो । यसमा तारकेश्वर नगरपालिकाको टीम बिजेता बनेको थियो । खेलको विजेता टोलीलाई महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष ख्यामराज तिवारीले नगद १ लाख ५० हजार रुपैयाँसहित पुरस्कृत गर्नुभएको थियो ।
उपविजेता टीमलाई तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन र वडा २६ का अध्यक्ष तिवारीले ७५ हजार रुपैयाँ नगदसहित पुरस्कार, ट्रफी र प्रमाण पत्र प्रदान गर्नुभएको थियो । खेलमा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक १० हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।
टेवुलटेनिसमा ४० वर्ष उमेरमाथिका भेट्रान पुरुष, भेट्रान महिलासँगै अन्य विभिन्न उमेर समूहका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । यस खेलमा तारकेश्वर नगरपालिका, कीर्तिपुर नगरपालिकासहित महानगरपालिकाका १७ वटा टीम सहभागी थिए । प्रतियोगिताका विजेता दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको थियो ।
तेक्वान्दोतर्फ १० तौल समूहमा २८० जना खेलाडीले प्रतिस्पर्धा गर्नुभएको थियो । खेलका विजेता दोस्रो र तेस्रो टीमलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । कराँतेका २ विधा थिए । डब्लु. के. एफ. कराँते प्रतियोगिता महिला खेलाडीहरुका बिचमा प्रतिस्पर्धा भएको थियो । यसमा एकल प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १० हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिएको थियो । टीम विजेता पहिलो दोस्रो र तेस्रोलाई क्रमशः ५० हजार, २५ हजार र २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो । सामान्यतयाः कराँते एकल खेलाडीहरुका बिचमा हुने प्रतिस्पर्धा हो । यसपटक समूहगत प्रतिस्पर्धा गराइएको हो ।
फुल कन्ट्याक्ट क्योकुसिन कराँते (आइ. के. यु) विभिन्न तौल समूहमा खेलाइएको थियो । यसमा पुरुष खेलाडीहरुका बिच प्रतिस्पर्धा गराइएको थियो । प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार, ८ हजार, ६ हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । सान्त्वाना पुरस्कारमा ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।
वडाले चालु आर्थिक वर्षमा खेलकुदका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
पुरस्कार वितरणपछि खेलका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, महानगरपालिकाले वडागत र केन्द्रीय स्तरमा खेलकुदका कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै खेललाई समावेशी, पहुँचयुक्त बनाउने दिशामा ध्यान दिएको बताउनुभयो ।
कार्यक्रम समापन गर्दै वडाध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, स्वास्थ्य, सामाजिक सद्भाव र अनुशासन अभिवृद्ध गर्न खेल क्षेत्रले ठुलो योगदान दिने बताउँदै यस वर्षको सिकाइबाट अर्को वर्ष थप खेललाई थप विस्तार गरिने योजना सुनाउनुभयो । वडाभित्रै खेलका पूर्वाधार प्रशस्त भएकोले खेल आयोजना गर्न कठिन नभएको उहाँको भनाइ थियो ।
सम्पन्न खेलले वडाको पहिचान प्रवर्धनमा ठुलो भूमिका खेलेको महसुस भएको छ । कार्यक्रममा खेलका संयोजक एवं वडा सदस्य प्रवेश श्रेष्ठले, वडावासी र स्थानीयबासीमा खेलप्रतिको उत्साह बढेको अनुभूति भएको बताउनुभयो ।
समापन अवसरमा स्थानीय सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।




निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App