वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
अन्तिम संस्कार गर्नुअघि श्रद्धाञ्जलीका लागि वैद्यको पार्थिव सरीर वडा कार्यालय राखिएको
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष सुवर्ण वैद्यको आज पशुपति आर्यघाटमा अन्येष्टि गरिएको छ । अन्येष्टि हुनुअघि श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव सरीर वडा कार्यालय राखिएको थियो । उहाँको पार्थिव सरीरमा वडाध्यक्ष आशामान संगतसहित जनप्रतिनिधिहरु, कर्मचारीहरु, नगर प्रहरीले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका नेता पुग्नुभएको थियो । यस्तै वडावासीको बाक्लो उपस्थिति थियो ।
पदमा रहँदा वैद्यले पुर्याउनु भएको योगदान र सामाजिक क्षेत्रमा गर्नुभएको सेवाप्रति सम्मान प्रकट गर्दै वडाले आज शोक विदा दिएको थियो ।
असार ५ गते जयबागेश्वरीमा सडक पार गर्दागर्दै उहाँलाई ट्याक्सीले ठक्कर दिएको थियो । वडा नम्बर ८ का अध्यक्ष आशामान संगतका अनुसार दुर्घटनापछि उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामंगल लगिएको थियो । उपचारकै क्रममा असार ७ गते साँझ वैद्यको निधन भएको हो ।
२००६ साल असोज १५ गते जन्मनु भएका वैद्य २०३९ साल र २०४४ सालमा वडा अध्यक्षका रुपमा निर्वाचित हुनुभएको थियो । २०६१ सालमा तत्कालीन राजाको शासनमा उहाँलाई वडाध्यक्षकै रुपमा मनोनित गरिएको थियो । राजनीतिसँगै उहाँ सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँ पशुपति आर्यघाटमा घाटे बैद्यका रूपमा समेत रहनुभएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App