वि.सं.: २०८२, कात्तिक २१ शुक्रबार
इ.स.: 2025 November 7, FRIDAY
वि.सं.: २०८२, कात्तिक २१ शुक्रबार
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ ले परम्परागत बस्ती टोललाई ऐतिहासिक स्वरूप प्रदान गर्नका लागि पुनः निर्माणको कामलाई तिव्रता दिएको छ ।
जात्रा पर्व सञ्चालन हुने बाटोहरू सँगै ऐतिहासिक नगरीको विशेषता झल्काउनका लागि सिफलको सेतो ढोकादेखि जयवागेश्वरी मन्दिर परिसरसम्म पहिलो चरणमा र जयवागेश्वरी गणेशमन्दिरदेखि दथु टोल हुँदै पशुपतिनाथ मन्दिरको पश्चिम गेटसम्म दोस्रो चरणमा ढुंगा विछ्याउने काम सम्पन्न गरेको छ ।
"कामपा ८ अन्तरगत रहेको ऐतिहासिक बस्तिहरूलाई पहिचान झल्काउने गरी बाटो सँगसँगै हाल घरहरूको फसाद परिवर्तन गर्ने काम अगाडि बढाइएको", काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडा अध्यक्ष आशामान संगतले बताउनुभयो ।
उहाँले, "पहिलो चरणमा ढुंगाविछ्याउने काम भएको र अब दोस्रो चरणमा घरहरूको फसाद परिवर्तनका लागि टेन्डर आह्वान भईसकेको बताउनुभयो ।"
वडाअध्यक्ष संगतले,"२०४६ सालपछि पहिलोपटक तत्कालीन स्थानीय निकायले नै एक इञ्च मोटाइको ढुङ्गा छापेको भए पनि ती ढुंगाहरू जीर्ण अवस्थामा रहेकाले चार इञ्च मोटाइ भएको ढुङ्गा छापिएको बताउनुभयो ।"
उहाँले, “ कामपा - ८ पाशुपत क्षेत्रमा मनाइने जात्रा–पर्वको रूटलाई व्यवस्थित गर्नुपर्नुका साथै जयवागेश्वरी हुँदै आराध्यदेव भगवान पशुपतिनाथको दर्शन गर्न आवतजावत गर्ने भक्तजनलाई सहज होस् भन्ने उद्देश्यले दुवैतिर साइड ड्रेनसहित ढुङ्गा छाप्ने काम सम्पन्न गरिएको बताउनुभयो ।"
वडाअध्यक्ष संगतले, "अब पानी परेको समयमा पानी जम्ने वा हिलो हुने अवस्था नरहने बताउँदै ढुंगा विछ्याउन कुल लागत एक करोड एघार लाख चार हजार पाँच सय छ रूपैयाँ खर्च भएको र ढुङ्गा छाप्ने कार्य कन्यादेवी निर्माण सेवा, निलकण्ठ–३, धादिङले सम्पन्न गरेको बताउनुभएको ।"
त्यस्तै, जात्राको रूटमै पर्ने इट्टापाखा क्षेत्र पुनः निर्माणको क्रममा रहेको छ भने, नवाली टोलमा ताम्रेश्वर मन्दिर अगाडि फल्चाको पुनः निर्माण, नित्यनाथ भवनको निर्माण कार्य जारी रहेको छ । ऐतिहासिक ब्रह्माको मन्दिर पुनः निर्माण अन्तिम चरणमा पुगेको छ भने, जयवागेश्वरी परिसरमा रहेको दुङ्गेधाराको पानी निकास सँगसँगै पुनः निर्माणको क्रममा रहेको छ । वडा कार्यालय अगाडि रहेको आकाशे पुललाई स्थानान्तरणको लागि अगाडि काम अगाडि बढाईएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App