Logo
  • वि.सं.: २०८२, चैत ९ सोमबार

  • इ.स.: 2026 March 23,MONDAY

  • वि.सं.: २०८२, चैत ९ सोमबार

  • ४ विधा र ६ भाषामा सिर्जना पस्किँदै ‘काव्यमय साँझ’ सम्पन्न : वडा नं. २७ बाट साहित्यिक कार्यक्रमलाई निरन्तरता

    समाजलाई जीवन्तता र पूर्खा चलाएका डवलीमा आधारित कार्यक्रमलाई निरन्तरता दिँदै वडा

    काठमाडौँ । साहित्य सिर्जना र प्रस्तुतिमार्फत सामाजिक सम्बन्धलाई जीवन्त बनाउन डवली संस्कृतिलाई निरन्तरता दिँदै काठमाडौँ महानगरपालिकाको वडा नं. २७ ले असन डवलीमा ‘काव्यमय साँझ’ कार्यक्रम सम्पन्न गरेको छ । विश्व कविता दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा १२ जना महिलासहित ३३ जना कवि कवियत्रीलेले सिर्जना प्रस्तुत गर्नुभएको थियो । यसरी सिर्जना प्रस्तुत गर्नेमा प्रशासक, पूर्वप्रशासक, चिकित्सक, व्यापारीसहित ५ जना स्थानीयबासी हुनुहुन्थ्यो ।

    कार्यक्रममा कविता, गीत, गजल र नजम विधालाई नेपाली, अंग्रेजी, उर्दू, हिन्दी, संस्कृत र नेपाल भाषामा सुनाइएको थियो ।

    कार्यक्रम समुदघाटन गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले,   ‘बादल’ शीर्षकको प्रेममय कविता वाचन गर्नुभएको थियो । भावना र जीवनका सम्बन्ध केलाउँदै उहाँले काठमाडौँका डवलीले सांस्कृतिक, साहित्यिक तथा सामाजिक क्षेत्रमा चम्किला नक्षत्र जन्माएको उल्लेख गर्दै डवली संस्कारलाई पुनर्जीवन दिने वडा २७ को प्रयत्नको प्रशंशा गर्नुभयो ।

    रसयुक्त साहित्य सिर्जना र प्रस्तुतिले प्रदान गर्ने आनन्द अन्य कुनै क्षेत्रबाट पनि प्राप्त हुन नसक्ने भएकोले यस प्रकारको कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष योगेश खड्गीले बताउनुभयो । यो दोस्रो संस्करण हो । पहिलो संस्करण रानीपोखरी परिसरमा गरेका थियौँ । उहाँले कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिएका छौँ । सिर्जनात्मक अभिव्यत्तिःका लागि डवली उपयुक्त स्थल भएकोले यस ठाउँमा कार्यक्रम आयोजना गरेका हौँ । उहाँको भनाइ थियो ।

    व्यक्तिको मनले बोल्न नसकेको कुरा शव्दबाट प्रस्तुत गरेर दर्शकलाई अनुभूति गराएको बताउँदै वडा सदस्य सृष्टि कंसाकार तुलाधरले कार्यक्रमले उत्कृष्टता प्रदान गरेको उल्लेख गर्नुभयो ।

    कवि तथा चलचित्र समीक्षक प्रकाश सायमीले सन् २००२ बाट विश्व कविता दिवसमार्फत कवि मनहरुलाई समाजसँग जोड्ने खुला कार्यक्रम आयोजना गरिँदै आएको जानकारी दिनुभयो

  • प्रकाशित मिति सोमबार ९ चैत २०८२ ०२:०७ PM