वि.सं.: २०८२, माघ १० शनिबार
इ.स.: 2026 January 24,SATURDAY
वि.सं.: २०८२, माघ १० शनिबार
साउन ३२ गते हिम ताल फुट्दा बाढी आएको थियो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित गाउँपालिकालाई राहत र पुनःस्थापना कार्यका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख एवं महानगर विपद व्यवस्थापन समितिका संयोजक बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको बैठकले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ् ल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
गएको साउन ३२ गते दिउँसो साढे १ बजे खुम्बुको थामेमा हिमपहिरो फुट्दा गेग्रान र ढुला ढुङ्गासहित आएको बाढीले एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, २ वटा होटल, १३ वटा घर पूर्ण र १० वटा घर आंशिक रुपमा क्षति भए । ९५० किलोवाट क्षमताको जलविद्युत परियोजनामा क्षति पुर्यायो । फुटेको हिमताल थामे बजारबाट करिब ९ किलोमिटर टाढा छ । यस्तै पद मार्ग भत्किएर थामे र टोकटोकेको आवागमन अवरुद्ध भएको थियो । यस्तै जोरसल्ले र फाक्दिङ्लगायत बस्तीमा जमिन कटान गरेको थियो ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भएपछि ग्लेसियर पग्लिएर र पर्माफ्रोस्ट पग्लिएर हिमताल विस्फोट भएको बताएको छ । यसको ३९ वर्ष अघि अर्थात् २०४२ साल साउन २० गते थामेको अर्को भाग ४४०० मिटर उचाइमा रहेको दिग च्छो हिमताल फुटेको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App