वि.सं.: २०८२, मंसिर ७ आइतबार
इ.स.: 2025 November 23,SUNDAY
वि.सं.: २०८२, मंसिर ७ आइतबार
अपरेसनपछि समुदायमा पुनःस्थापना गरिएको एउटा कुकुरको गाडीको ठक्करबाट मृत्यु
काठमाडौँ । कार्तिक १४ गतेदेखि अहिलेसम्म काठमाडौँ महानगरपालिकाले २ हजार ८३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिसकेको छ । पशुकल्याणमा काम गर्ने विभिन्न ५ वटा संघसंस्थासँगको सहकार्यमा बन्ध्याकरणको काम भइरहेको हो ।
कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार बन्ध्याकरण प्रक्रियाको महानगरपालिकाले अनुगमन गर्ने गरेको छ । ‘यस क्रममा अहिलेसम्म पशु पक्रने, बन्ध्याकरण गर्ने, त्यसपछि आराम गराउने र पूर्ववत् स्थानमा पुनःस्थापित गराउने प्रक्रियामा पशु कल्याणलाई ध्यान दिइएको पाएका छौँ ।’ न्यौपानेले भन्नुभयो, ‘प्रक्रियामा पशुहरुलाई कुनै पनि प्रकारको पीडा हुँदैन । कुकुरलाई बन्ध्याकरण गरिसकेपछि २४ घण्टा निगरानीमा राख्ने गरिएको छ ।’
अपरेसनपछि समुदायमा पुनःस्थापना गरिएको एउटा कुकुरको गाडीको ठक्करबाट मृत्यु भएको छ ।
कृषि तथा पशुपन्छी विभागका पशु चिकित्सक डा. पूजा खनालका अनुसार काठमाडौँ पशु उपचार केन्द्र (क्याट सेन्टर) ले वडा नं. १६ मा ५६४ वटा र वडा नं. १५ मा ७८ वटा, एनिमल ट्रिटमेन्ट सेन्टर क्लिनिक (क्याट क्लिनिक) ले वडा नं. ११ मा ७४ वटा र वडा नं. २८ मा १० वटा, मण्डला भेटिरिनरी अस्पतालले वडा न. ६ मा १७८ वटा, वडा नं. १० मा १५८ र वडा नं. ३२ मा ३४४ वटा कुकुरको बन्ध्याकरण गरेको छ ।
स्नेहाज केयरले वडा नं. १२ मा ६२ वटा, वडा नं. १३ मा १०१ वटा र वडा नं. १४ मा १५६ वटा तथा पशुपन्छीप्रति निर्दयता रोकावट समाज, नेपाल (एसपिसिए नेपाल) ले वडा नं १ मा ६२ वटा, वडा नं. ३ मा १३६ वटा र वडा नं. ४ मा १६० वटा गरी २ हजार ८३ कुकुरको बन्ध्याकरण गरिसकेका छन् ।
सामुदायिक कुकुरको बन्ध्याकरणका लागि छनोट भएका संघसंस्थालाई मिति २०८२ कार्तिक १३ गते सम्झौता गरी कार्तिक १४ गतेबाट नै कार्य गर्न महानगरले कार्यादेश दिएको हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App