वि.सं.: २०८२, चैत १८ बुधबार
इ.स.: 2026 April 1,WEDNESDAY
वि.सं.: २०८२, चैत १८ बुधबार
३ वटा वडाबाट १ हजार १८० मत गणनामा प्रमुख उपप्रमुखको परिणाम सार्वजनिक
काठमाडौँ । काठमाडौँ महानगरका ३ वटा वडाका १ हजार १८० मत गणना गरेर प्रमुख उपप्रमुख पदको परिणाम सार्वजनिक गरिएको छ । साँझ ६ बजेर ३५ मिनेटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले वडा १ का ५ सय सय मतको परिणाम सार्वजनिक गर्नुभएको हो । अहिले सभा गृहमा यी वडाबाहेक वडा ३ र ४ को पनि मत गणना भइरहेको छ ।
यी वडामध्ये सबैभन्दा पहिले वडा १ को मत गन्न थालिएको थियो । त्यसपछि क्रमश ३२, २, ३ र ४ वडाका मत गन्न थालिएको हो ।
सार्वजनिक गरिएको परिणामअनुसार केशव स्थापित (सूर्य चिन्ह) लाई ३१९, सिर्जना सिंह (रुख चिन्हमा) लाई २०२, समीक्षा बास्कोटा विवेकशील साझा पार्टी (तराजु) लाई १३, मदनदास श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) लाई ५३ मत प्राप्त भएको छ । यसैगरी स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) लौरो चिन्हलाई ४०२ मत, स्वतन्त्र उम्मेदवार सुमन सायमी (आँखीझ्याल) लाई ६४ मत प्राप्त भएको छ । यसैगरी खड्ग चिन्हमा ४ मत, पुतली, तीर र साँचो चिन्हमा १÷१ मत प्राप्त भएको छ ।
एपप्रमुख पदमा सुनिता डंगोल (सूर्य चिन्ह) लाई ५२०, रामेश्वर श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) लाई ११०, विनिता मगैया, राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) लाई १०५, कीतिं तुलाधर (कंसाकार) तराजु चिन्हलाई ३५ मत प्राप्त भएको छ ।
विद्या श्रेष्ठ महर्जन (आँखी झ्याल) लाई ६० मत प्राप्त भएको छ । यसैगरी लौरो चिन्हलाई ३३, क्याप चिन्हलाई ४, कमलको फूललाई २, हँसिया तारा र खड्ग चिन्हलाई १÷१ मत प्राप्त भएको छ ।
वडा १ मा २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यसैगरी वडा २ मा २५ जना, ३ मा २० जना र ३२ मा २५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
यस्तै प्रमुख पदका लागि ३५ जना स्वतन्त्रसहित ५५ जना र उपप्रमुख पदका लागि १९ जना स्वतन्त्रसहित ३० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
गनिएका १ हजार मतमध्ये प्रमुख र उपप्रमुखले प्राप्त गरेको संख्या कम्प्युटरमा इन्ट्री भइसकेपछि सार्वजनिक गरिएको हो । वडाध्यक्षसहित वडाका उम्मेदवारको परिणाम छिट्टै सार्वजनिक गर्नेछौँ । सहायक निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App