वि.सं.: २०८२, चैत ७ शनिबार
इ.स.: 2026 March 21,SATURDAY
वि.सं.: २०८२, चैत ७ शनिबार
सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि – २०७८ लाई व्यवहारिक बनाउन पहिलो संशोधन प्रक्रिया
काठमाडौँ । ‘सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि २०७८ को संशोधन मस्यौदा तयारी कार्यदल’ले आज मस्यौदाको प्रतिवेदन सम्पदा तथा पर्यटन समितिमा वुझाएको छ । सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराईको संयोजकत्वमा गठित कार्यदलले समितिका संयोजक आशामान संगतलाई मस्यौदाको प्रतिवेदन बुझाएको हो ।
मस्यौदा बुझिसकेपछि संयोजक संगतले भन्नुभयो, ‘काठमाडौँको सांस्कृतिक महत्व दृश्यमा प्राप्त गर्न मौलिकता प्रवर्धन हुने भवन निर्माणलाई सहुलियत प्रदान गर्न खोजेका छौँ ।’ त्यस क्रममा मस्यौदा समितिका संयोजक भट्टराईले, ‘अवस्था र आवश्यकताको अध्ययन तथा स्थानीय र सरोकारवालाको पृष्ठपोषण लिएर संशोधन मस्यौदा तयार पारिएको हो ।’
महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र भएका बास्तुकलात्मक महत्वका सांस्कृतिक तथा ऐतिहासिक भवनहरुको मौलिकता जोगाउन महानगरपालिकाले गर्ने अगुवाइ तथा सहयोग यस संशोधनका मुख्य विषय हुन् । भवनहरु निजी र संस्थागत जुनसुकै पनि हुन सक्छन् । भवनको मौलिकता कायम राखेर गरिने संरक्षण, जीर्णाेद्धार वा आवरण मर्मत सुधार कार्यका लागि सहयोग हुनेछ । यसरी प्रदान गरिने सहुलियतले घरधनीलाई परम्परागत मौलिक स्वरुपमा भवन निर्माण गर्न प्रोत्साहन हुनेछ । संशोधन प्रस्तावमाथिको छलफलमा अधिकारीहरुले धारणा राख्नुभयो ।
कार्यदलमा शोभा मानन्धर, सन्तोष पाण्डे, हरि वाग्ले (काफ्ले) आनन्द मानन्धर, अनुपराज ढुङ्गाना सदस्य र श्रृजमैयाँ प्रधान सदस्यसचिव हुनुहुन्थ्यो ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App