वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
वडा नम्बर ६ ले आयोजना गरेको पहिलो वडाध्यक्ष कप बास्केटबल प्रतियोगितामा १२ वटा विद्यालय सहभागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ६ ले आयोजना गरेको विद्यालय स्तरीय वडाध्यक्ष कप पहिलो बास्केटबल प्रतियोगितामा ४६ स्कोरसहित गोल्डेन पिक माध्यमिक विद्यालय विजेता बनेको छ । यही टिमका सोनाम शेर्पाले बेस्ट स्कोरर उपाधि प्राप्त गरे । फागुन ९ गते सम्पन्न फाइनल खेलमा मंगलदीप माध्यमिक विद्यालयलाई पराजित गर्दै गोल्डेन पिक विजेता बनेको हो । मंगलदीपले ३६ स्कोर गरेको थियो । प्रतियोगिताका विजेतालाई वडाध्यक्ष भुवन लामाले, नगद १ लाख रुपैयाँ, फस्ट रनर अपलाई ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
१२ वटा टिम सहभागी खेल धुन्कमाण्डु, सिमलटारमा भएको थियो । खेल नकआउट प्रणालीबाट खेलाइएको थियो ।
कार्यक्रम समापन अवसरमा वडाध्यक्ष भुवन लामाले, युवाहरुको सिर्जनात्मक उर्जालाई जोगाउन र सहरी स्वास्थ्यको प्रवर्धन गर्न वडाले खेलकुदका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयो । खेललाई सद्भावयुक्त सामाजिक व्यवस्थापनको औजारका रुपमा प्रयोग गर्न सकिने उहाँको भनाइ थियो ।
विधागत खेलमार्फत बालबालिकाको चौतर्फी विकासका योजना क्रमशः कार्यान्वयन भइरहेका छन् । कार्यक्रममा वडा सदस्य नरेन्द्रकुमार थापाले धारणा राख्नुभयो ।
वडासचिव कमल गौत्तमका अनुसार खेलमा सबैभन्दा धेरै ६२ स्कोर भएको थियो । छैटौँ खेलमा यो स्कोर गोल्डेन पिकले बौद्ध चिल्ड्रेन स्कूलविरुद्धको खेलमा गरेको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App