वि.सं.: २०८२, मंसिर २१ आइतबार
इ.स.: 2025 December 7,SUNDAY
वि.सं.: २०८२, मंसिर २१ आइतबार
आन्तरिक लेखा परीक्षण एकाइबाट गैरसरकारी संघसंस्थाका प्रतिनिधिलाई लेखा प्रणालीका विषयमा अभिमुखीकरण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आन्तरिक लेखा परीक्षण एकाइले महानगरपालिकासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने संघसंस्थालाई प्रचलित लेखा व्यवस्थापन प्रणाली अनिवार्य पालना गर्न आग्रह गरेको छ । शुक्रबार सामाजिक क्षेत्रको काम गर्ने संघसंस्थाका पदाधिकारीमध्ये कोषाध्यक्ष र लेखा व्यवस्थापन गर्ने कर्मचारीहरुलाई अभिमुखीकरण प्रदान गर्दै यस्तो आग्रह गरेको हो ।
कार्यक्रममा एकाइका प्रमुख यादव घिमिरेले भन्नुभयो, ‘लक्षित वर्गमा सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्दा वित्तीय अनुशासनलाई पूर्ण कार्यान्वयन गराउन सकियोस्, भुक्तानी प्रक्रियालाई सहज बनाउन सकियोस् भन्ने महानगरपालिकाको चाहना हो । यसका लागि सार्वजनिक खर्च प्रणाली र महानगरपालिकाले अवलम्बन गरेका वित्तीय सुशासनका प्रक्रियाका बारेमा सहकार्य गर्ने सबैलाई थाहा हुन जरुरी छ ।’
अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास कार्यक्रमको अधिकार क्षेत्र, सहभागी छनोट विधि र प्रक्रिया लगायत विषयमा प्रस्तुतिकरण र अन्तरक्रियात्मक छलफल भएको थियो ।
यस क्रममा सहकार्यका क्षेत्र, सहकार्य गर्ने प्रस्ताव, कार्यक्रम स्वीकृत हुने प्रक्रिया, स्वीकृत कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया, भुक्तानी प्रक्रियामा पेश्की लिने, किस्ताको भुक्तानी लिने, अन्तिम भुक्तानी प्रक्रियाका विषयमा जानकारी दिइएको थियो । यसरी सञ्चालन हुने प्रक्रियामा चाहिने कागजपत्र, कार्य सम्पादन हुने अवधिका जानकारी दिने विषयका रुपमा समावेश थिए । यसरी प्रदान गरिएका सूचनाबाट सहकार्य गर्ने संघसंस्थाहरुले प्रक्रियागत झञ्झट र सम्पन्न कामको भुक्तानीमा समस्या झेल्नु नपर्ने महानगरपालिकाको अपेक्षा छ ।
गैर सरकारी संघसंस्थाहरुले स्वास्थ्य सेवा, वातावरणीय सुधार, महिला, बालबालिका र ज्येष्ठ नागरिकको अधिकार, समावेशीकरण, पहुँच वृद्धि, शिक्षा, सचेतना, युवालगायतका क्षेत्रमा काम गरिरहेका छन् । चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले १ हजार ३३६ वटा सामाजिक संघसंस्था नविकरण गर्न शिफारिस गरेको छ । यस्तै ५९ वटालाई नयाँ दर्ताका लागि शिफारिस गरिएको विभागका प्रमुख समीक्षा निरौलाले जानकारी दिनुभयो ।
२०७८ को राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार काठमाडौँ महानगरपालिकाको जनसंख्या ८ लाख ६२ हजार ४ सय जना रहेको छ । यसमा ४९.१९ प्रतिशत महिला, २७.२ प्रतिशत बालबालिका र ९.८१ प्रतिशत ज्येष्ठ नागरिकको संख्या छ ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App