वि.सं.: २०८२, चैत १८ बुधबार
इ.स.: 2026 April 1,WEDNESDAY
वि.सं.: २०८२, चैत १८ बुधबार
वडा २ को मत परिणाम सार्वजनिक : वडाध्यक्षमा श्रेष्ठ निर्वाचित
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा २ को मत परिणाम सार्वजनिक भएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौँले मत परिणाम सार्वजनिक गरेको हो । जसअनुसार राजेन्द्रकुमार श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित हुनुभयो । उहाँले १ हजार ३७७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सूर्यलाल महर्जनले ९६३ मत प्राप्त गर्नुभएको छ ।
वडा २ मा अध्यक्ष पदका लागि ६ जना महिला सदस्यका लागि ५ जना, दलित महिला सदस्यका लागि २ जना र सदस्य पदका लागि १२ जना प्रत्याशी हुनुहुन्थ्यो ।
वडाको महिला सदस्य पदमा पूर्णलक्ष्मी रजक, दलित महिला सदस्य पदमा ईश्वरी परियार तथा सदस्य पदमा पदमकाजी महर्जन र बिमल काजी महर्जन निर्वाचित हुनुहुन्छ । उहाँहरु नेकपा एमाले पार्टीबाट उम्मेदवार बन्नुभएको हो ।
वडा २, लाजिम्पाट
अध्यक्ष
१) अनोज शाही — जनता समाजवादी पार्टी, नेपाल — १८
२) उदयरत्न कंसाकार — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ७४
३) केशवमान डंगोल — राष्ट्रिय प्रजातन्त्र पार्टी — २०१
४) रमेश डंगोल — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — १७७
५) राजेन्द्र कुमार श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १३७७ - विजयी
६) सूर्यलाल महर्जन — नेपाली कांग्रेस — ९६३
वडा सदस्य
१) अनिलकुमार सिंह — नेपाली कांग्रेस — ८४६
२) आइतनारायण महर्जन — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — १८०
३) तीर्थमान महर्जन — राष्ट्रिय प्रजातन्त्र पार्टी — २८०
४) दैवज्ञानन्द बज्राचार्य — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ६४
५) द्वारिका महर्जन — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)— १४५
६) निरज सिंह महर्जन — जनता समाजवादी पार्टी नेपाल — ३२
७) पदमकाजी महर्जन — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ११७४ - विजयी
८) प्रतीक सिंह — जनता समाजवादी पार्टी, नेपाल — २१
९) मचाबाबु महर्जन — राष्ट्रिय प्रजातन्त्र पार्टी — २४४
१०) मचाकाजी डंगोल — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ८७
११) राकेश रजक — नेपाली कांग्रेस — ८६४
१२) विमल गुरुङ् — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ११६२ - विजयी
महिला सदस्य
१) कल्पना महर्जन — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — १८९
२) पूर्ण लक्ष्मी रजक — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १२५५ - विजयी
३) बन्दना मल्ल — राष्ट्रिय प्रजातन्त्र पार्टी — २९०
४) सपना थापा — नेपाली कांग्रेस — ९२२
५) सुनिता बानियाँ (तुलाधर) — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ६४
दलित महिला सदस्य
१) ईश्वरी परियार — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १३१७ - विजयी
२) निरा श्रेष्ठ (पोडे) — नेपाली कांग्रेस — ९०७
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App