वि.सं.: २०८३, असर १२ शुक्रबार
इ.स.: 2026 June 26, FRIDAY
वि.सं.: २०८३, असर १२ शुक्रबार
स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविका र समुदायमा आधारित संघसंस्थाका प्रतिनिधिलाई तालिमपछि अभियानमा पठाइने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको बर्खा याम प्रारम्भसँगै डेङ्गी नियन्त्रणका लागि तालिम प्राप्त १६ सय ५० जना जनशक्ति परिचालन गर्ने भएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्यकर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार पारिएको छ ।
यो क्षमता विकासपछि केन्द्रका इञ्चार्ज र स्वास्थ्यकर्मीले वडामा ५० जनालाई तालिम प्रदान गर्नुहुनेछ । महिला स्वास्थ्य स्वयमसेविका, स्थानीय क्लव, टोल सुधार समिति, आमा समूह लगायतका संघसंस्थाका प्रतिनिधिलाई तालिमको लक्षित समूहमा राखिएको छ । यो तालिमपछि तालिम प्राप्त जनशक्तिलाई वडाका विभिन्न स्थान छुट््याएर डेंगी सार्ने लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन हुनेछ ।
डेंगी संक्रमण दरमा कमी ल्याउने, डेंगीका कारण हुने मृत्यु दर घटाउने डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय लक्ष्य राखिएको छ । निगरानी तथा अनुगमन प्रणाली सुधार, कीट नियन्त्रण, जोखिम सञ्चार तथा सामुदायिक सहभागिता, स्वास्थ्य प्रणालीको पूर्व तयारी तथा प्रतिकार्य, नेतृत्व, वहुक्षेत्रीय सहकार्य र कार्यक्रम व्यवस्थापन सुधार, अनुसन्धान र नवप्रवर्तन कार्यक्रमका रणनीति हुन् । क्षमता विकास कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य कार्यालय काठमाडौँका अधिकारीहरुले प्रस्तुतिकरण मार्फत लक्ष्य र रणनीतिका बारेमा जानकारी गराउनुभएको थियो ।
मनसुन सुरु भएसँगै साउन महिनाबाट क्रमशः डेंगीको संक्रमण फैलिँदै जाने र कार्तिक, मंसिर महिनामा उच्च संक्रमण देखिन्छ । अहिलेबाट नै प्रतिकार्य गर्न सकियो भने विगत वर्षको भन्दा यस वर्ष संक्रमण दर घटाउन सम्भव छ । यसका लागि सबैले प्रयत्न गर्नुपर्छ । तालिम अवसरमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले भन्नुभयो, ‘रोग नियन्त्रणका लागि व्यक्ति व्यक्ति र परिवार परिवारको जिम्मेवारीबाट सफलता प्राप्त गर्न सकिन्छ ।’
समुदाय स्तरमा डेङ्गी रोगको रोकथामका प्रयासका बारेमा सन्देश प्रवाह गर्ने, उहाँहरुलाई कार्यक्रममा सहभागी गराउने र नियन्त्रण प्रयासलाई घर घरमै लैजाने प्रयास गरिरहेका छौँ । महामारी रोग रोकथाम तथा निन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषाल भन्नुहुन्छ, ‘विगत वर्षका सिकाइ र अनुभवलाई प्रयोग गर्दै रोग रोकथाम तथा नियन्त्रणका कार्यक्रमलाई थप प्रभावकारी बनाउँछौँ ।’
डेङ्गी संक्रमण फैलाउने लामखुट्टे सफा जमेको पानीमा बस्छ । यसकारण सफा पानी राखिने भाँडाहरुमा पानी भरेर राख्नुहुँदैन । पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको संख्या वृद्धि हुने ठाउँ भएकोले यस्ता ठाउँमा पानी जम्न दिनु हुँदैन । अहिले झरी परिरहेको र यस क्रममा जम्मा हुने पानीमा लामखुट्टेका लार्भा हुर्किन सक्ने भएकोले अहिलेदेखि नै सजगता अपनाउन आवश्यक छ ।
एडिस जातको संक्रमित लामखुट्टेले पारेको अण्डाबाट लार्भा हुँदै निस्क्ने लामखुट्टे वयस्क भएपछि यसले मानिसलाई टोकेमा डेङ्गी रोग लाग्छ । सामान्यतया संक्रमित लामखुट्टेले टोकेको ४ देखि ७ दिन भित्र कडा ज्वरो आउने, ७ दिनसम्म ज्वरो रहने, आँखाको गेडी दुख्ने, हाडजोर्नी तथा मांसपेशी दुख्ने, वाक–वाकी लाग्ने, निकै कमजोर महसुस हुने, खान मन नलाग्ने जस्ता लक्षण देखिन सक्छ । ज्वरो आएपछिको ३ देखि ५ दिनपछि सरीरमा राता राता विमिरा आउन सक्छन् ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App