Logo
  • वि.सं.: २०८३, असर १२ शुक्रबार​

  • इ.स.: 2026 June 26, FRIDAY

  • वि.सं.: २०८३, असर १२ शुक्रबार​

  • ३ विधाको व्याडमिन्टन प्रतिस्पर्धामा २४ वटा वडाका ४२ जना खेलाडी सहभागी 

    क्वाटर फाइनलसम्म पुग्ने र त्यस माथिको खेलमा प्रतिस्पर्धा गर्ने सबै खेलाडीलाई नगद पुरस्कार प्रदान

    काठमाडौँ । डल्लु आवास क्षेत्रमा रहेको भूकम्प स्मृति कभर्ड हलमा आजदेखि काठमाडौं महानगर कप, वडा स्तरीय ब्याडिमन्टन प्रतियोगिता सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको आयोजना र नेपाल व्याडमिन्टन संघको प्राविधिक सहयोगमा सुरु भएको प्रतियोगितामा महानगरपालिकाका २४ वटा वडाबाट ४२ जना खेलाडीले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 

    महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले प्रतियोगिता समुदघाटन गर्दै, काठमाडौँको हालसम्मकै सबैभन्दा ठूलो सामुदायिक ब्याडिमन्टन प्रतियोगिताका रूपमा खेल आयोजना गरिएको बताउनुभयो । ‘प्रतियोगिताले सबै वडालाई एउटै ठाउँमा जम्मा गराएर अन्तर वडा सम्बन्ध स्थापना गराउने छ ।’ के. सी. ले भन्नुभयो, ‘यो हाम्रो पहिलो प्रयास हो । आगामी वर्ष वडाभित्र आन्तरिक प्रतिस्पर्धा गराएर त्यसका विजेताका बिच फाइनल प्रतिस्पर्धा गराउने योजनामा छौँ ।’ 

    त्यस अवसरमा वित्त समितिका संयोजक एवं वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले, खेल पूर्वाधारमा महानगरपालिकाले क्रमशः लगानी बढाउँदै लगेको बताउँदै यसबाट स्थानीय स्तरबाट राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुने अपेक्षा राख्नुभयो । 

    महानगरपालिकाले खेलका लागि ३० लाख रुपियाँ प्रदान गरेको छ । ६ लाख रुपियाँ संघले व्यहोर्नेछ । यो लगानीलाई युवा विकास, सामुदायिक सहभािगता तथा स्वस्थ्य समाज निर्माणका लागि गरिएको लगानीका रुपमा हेर्नु पर्छ । कार्यक्रममा व्याटमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सदस्य रामजी श्रेष्ठले धारणा राख्नुभयो । 

    यो खेलको विकासका लागि महानगरपालिकाले लगानी बढाउने छ । यसले उपत्यकाबाट रित्तिँदै गएका व्याडमिन्टनका खेलाडीको पूर्तिमा सहज हुनेछ । कार्यक्रममा जिल्ला व्याडमिन्टन संघका अध्यक्ष दिपक थापाले अपेक्षा राख्नुभयो । 

    उद्घाटन अवसरमा चर्या सुदन मुनिकारको मञ्जुश्री नृत्य र वडा नं. १५ का सांस्कृतिक खल पुचःले गायन तथा वादन प्रस्तुत गरेका थिए । 

    लैङ्गिक समानता तथा सन्तुलित सहभागिता प्रवर्धन गर्न वडाहरुबाट २ जना पुरुष र २ जना महिला खेलाडीलाई सहभागी गराइएको छ । यसमध्ये १ जनाले पुरुष एकल विधामा १ जना महिलाले महिला एकलमा र १ जना पुरुष र १ जना महिलाले मिश्रित युगल समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ । खेल लिग कम नकआउन प्रणाली अनुसार खेलाइनेछ । 

    ३ खेलमा उत्कृष्ट (वेस्ट अफ थ्री)मा खेलाइने प्रत्येक खेललाई १५ अंक प्रदान हुनेछ । समग्र नतिजाका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने वडालाई विजेता वडा ट्रफी प्रदान गरिनेछ । क्वाटर फाइनलसम्म पुग्ने र त्यस माथिको खेलमा प्रतिस्पर्धा गर्ने सबै खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । 

    खेलमा पुरुष एकल र महिला एकलतर्फ प्रथम पुरस्कार ३२ हजार रुपियाँ, दोस्रो पुरस्कार २० हजार रुपियाँ, तेस्रो पुरस्कार १० हजार रुपियाँ दुई जनालाई र पाँचौँदेखि आठौँ स्थान हासिल गर्ने खेलाडीलाई प्रति खेलाडी २ हजार ५ सय नगदसहित पुरस्कृत गरिनेछ । 

    मिश्रित युगलाई प्रति टोली पहिलो पुरस्कार ४० हजार रुपियाँ, दोस्रो ३० हजार रुपियाँ तेस्रो १६ हजार रुपियाँ २ टोलीलाई र पाँचौँ देखि आठौँसम्मको स्थान प्राप्त गर्ने टोलीलाई प्रति टोली ४ हजार नगदसहित पुरस्कृत गरिनेछ । 

  • प्रकाशित मिति शुक्रबार​ १२ असर २०८३ ०२:५५ PM