वि.सं.: २०८२, माघ २० मंगलबार
इ.स.: 2026 February 3,TUESDAY
वि.सं.: २०८२, माघ २० मंगलबार
विजेतालाई २ लाख र उपविजेतालाई १ लाख रुपैयाँ पुरस्कार प्रदान
काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा वडा नं. १६ विजेता बनेको छ । लैनचौर फुटसल मैदानमा बुधबार भएको फाइनल खेलमा वडा नं. १६ ले वडा नं. १२ लाई ५-२ गोल अन्तरले जितेको हो । १६ का लागि आयुष कुँवर, रविन निरौला, साजन डङ्गोल र श्रेयान्स मानन्धरले गोल गर्नुभएको थियो । वडा १२ को एउटा आत्मघाती गोल उपहार पाएर वडा नं. १६ को ५ गोल भएको हो । वडा नं. १२ का लागि मनोज महर्जन र सिद्धार्थ देउलाले गोल गर्नुभएको थियो ।
उपाधिसँगै विजेता टोली वडा नं. १६ ले २ लाख रुपियाँ प्राप्त गर्यो । उपविजेता वडा नं. १२ ले १ लाख रुपियाँ पुरस्कार पायो । वडा नं. १६ का आयुष कुँवर सर्वाेकृष्ट खेलाडी र मनोज महर्जन सर्वाधिक गोलकर्ता बन्नुभयो । यस्तै वडा नं. १६ का सुशान्त महत उत्कृष्ट गोलकिपर बन्नुभयो । उत्कृष्ट सबैलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो ।
असोज १ गतेबाट सञ्चालित प्रतियोगिताको समापन खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) खेल मैदानमा जानुभएको थियो । खेल समापन अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ र वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले पुरस्कार प्रदान गर्नुभएको थियो ।
यस क्रममा महर्जनले प्रयागराजसिंह सुवाललाई सम्झना गर्दै भन्नुभयो, ‘२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि सम्पन्न निर्वाचनबाट वडाध्यक्ष पदमा निर्वाचित सुवाल एनआरटी क्लवको संस्थापक हुनुहुन्थ्यो । उहाँको स्मरणीय राजनीतिक, खेल र सामाजिक क्षेत्रको योगदानलाई बचाइ राख्न फुटसल खेलको मद्दत गर्नेछ ।’
२०८० सालबाट प्रतियोगिता सुरु भएको हो । यसपटकको खेलमा वडा नं. ७ र २४ बाहेक अरु सबै वडा र महानगरपालिका केन्द्रबाट एउटा गरी ३१ वटा टीमले भाग लिएका थिए । नकआउटका आधारमा भएको खेल हरेक दिन विहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन भएको थियो ।
प्रतियोगितामा ३५० युवाले प्रत्यक्ष प्रतिस्पर्धा गरेका थिए । खेल सञ्चालन र व्यवस्थापन गर्न ५ सय युवा परिचालित भएका थिए ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App