वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
अनधिकृत संरचना हटाउन सहयोग र समन्वयका लागि गृह मन्त्रालयलाई महानगरको अनुरोध
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गृह मन्त्रालयलाई पत्र लेख्दै बागमती नदी खण्डको थापाथलीमा रहेका अनधिकृत संरचना हटाउन सहयोग र समन्वयका लागि आग्रह गरेको छ । प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी हस्ताक्षर गर्नुभएको पत्रमा अनधिकृत संरचना हटाएर तत्काल सौन्दर्यीकरणको काम अगाडि बढाउने कुरा उल्लेख छ ।
थापाथलीमा रहेका अनधिकृत संरचना हटाउन पटक पटक प्रयास गरिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट अनुरोध भएपछि महानगरले यसप्रकारको प्रयास गरेको हो । अहिलेसम्म संरचना हटाउने काम सफल हुन हुन सकेको अवस्था छैन । पत्रमा भनिएको छ, ‘यस कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनु पर्ने भएकोले सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई निर्देशन समन्वय हुन अनुरोध गरिन्छ ।’
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App