वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
ताम्सिपाखा सडक महोत्सवमा स्थानीयको आकर्षण
काठमाडौँ । आज ताम्सिपाखा सडक महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर १८ को आयोजना र ताम्सिपाखा युथ क्लवको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको हो ।
काठमाडौँका रहनसहन, परम्परागत जीवनशैली, संस्कार, संस्कृति, भेषभुषा र खानपानलाई पुस्तान्तरण गर्नु पर्ने छ । यसका लागि हामी काम गरिरहेका छौँ । कार्यक्रम बारेमा प्रतिक्रिया दिँदै, सम्पदा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले भन्नुभयो, ‘सम्पदा संरक्षण र प्रवर्धनमा सहभागितामूलक कार्यक्रमलाई हामीले प्राथमिकता दिएका छौँ ।’
यो विगत बर्षका कार्यक्रमको निरन्तरता हो । कार्यक्रम आयोजनाका विषयमा वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन भन्नुहुन्छ, ‘स्थानीय संस्कार देखाउनु त छँदैछ । यससँगै परम्पराको बैज्ञानिक पक्ष बुझाउनु पनि छ । स्थानीय खानपान तथा भेषभुषा पेशा, समय र स्वास्थ्यसँग सम्बन्धित छ । यो पक्षलाई प्रवर्धन गरेर पर्यटन व्यवस्थापनमा टेवा दिन महोत्सव आयोजना गरिएको हो ।’
महोत्सवमा यमरी, चटामरीलगायत मौलिक खाना, हातले तयार पारिएका लत्ताकपडा, गरगहनासहित दैनिक उपभोग्य सामग्री राखिएका थिए । यसैगरी नेपाल भाषाका गीतहरुमा नृत्य र गायन प्रस्तुत गरिएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App