वि.सं.: २०८२, माघ १४ बुधबार
इ.स.: 2026 January 28,WEDNESDAY
वि.सं.: २०८२, माघ १४ बुधबार
निर्माण अवधिमा वैकल्पिक मार्गको प्रयोग गर्नु पर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ । यसको सम्झौता रकम ५७ लाख ७२ हजार ६९४ रुपियाँ हो । लागत अनुमान ७० लाख ७२ हजार १८२ रुपियाँ थियो । कल्भर्ट निर्माणको काम आउँदो चैत मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको छ । यो कल्भर्ट सडकतर्फ ५ मिटर र पानी वहाव हुनेतर्फ १४ मिटरको हुनेछ ।
‘अहिले त्यहाँ पानीको निकासका लागि ह्युम पाइप राखिएको छ । यसरी राखिएका ह्युम पाइप पुराना भइसकेका छन् ।’ सार्वजनिक निर्माण विभागका सबइञ्जिनियर दिपकबहादुर शाही भन्नुहुन्छ, ‘बर्खाको समयमा पानीका वहाव रोकिने अवस्था भएको छ । यसको सम्भावित डुवान र कटानको जोखिम घटाउन बक्स कल्भर्ट निर्माण गर्न लागिएको हो ।’
कल्भर्ट निर्माणको काम प्रारम्भ भएपछि सडकको आवागमन पूर्ण बन्द हुनेछ । डिल्लीबजार पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिएर बागबजार जाने सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्थापन गर्न ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरिएको शाहीको भनाइ छ । यसका लागि दुवैतर्फबाट आउने सवारी साधनहरु कमलादी मोडमा पुगेर बायाँ मोडिँदै कमलादी गणेश मन्दिर, घण्टाघरतर्फको सडक उपयुक्त वैकल्पिक मार्ग बन्न सक्छ ।
काम थालिएपछि यो सडक खण्ड २ महिना बन्द रहनेछ ।
यससँगै धोवीखोला नदी खण्डको दोभान नपुग्दै रोजबर्ड स्कूल नजिक पनि बक्स कल्भर्ट निर्माण हुँदैछ । यसको सम्झौता रकम २ करोड २१ लाख २३ हजार ८९९ रुपियाँ हो । यसको लागत अनुमान ३ करोड ७१ लाख २३ हजार ९३५ रुपियाँ थियो । यो काम २०८३ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको छ । यो कल्भर्टको लम्बाइ १७ मिटर र चौडाइ ७ मिटरको हुनेछ ।
यस ठाउँमा भएको फलामे पुल २०८० सालको धोवीखोलाको बाढील जगसहित क्षति ग¥यो । वडा नं. ११ का अध्यक्ष हीराला तण्डुकार भन्नुहुन्छ, ‘पुल बनाउने भनेर विभिन्न निकाय आए । हामीलाई बनाउनु थियो । कसैले बनाउँछु भन्यो भने नबनाउनु किन भन्नु भनेर हुन्छ भन्यौँ । तर, कसैले बनाएनन् । त्यसपछि वडाले निर्माण योजना बनाउँदै थियो, महानगरपालिकाको केन्द्रीय बजेटबाट बनाउन सकिने भनेपछि त्यही प्रक्रियाबाट निर्माण हुन लागेको हो ।’ वडाध्यक्ष तण्डुकारले जानकारी दिनुभयाृ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App