वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
वडा ११ को न्यायिक समितिबाट न्यायिक साक्षरताका लागि कार्यक्रम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले कानुनी ज्ञान सबैका लागि अपरिहार्य रहेको बताउनुभएको छ । आज काठमाडौँ महानगरपालिका वडा नम्बर ११ को महिला सञ्जालले आयोजना गरेको न्यायिक समितिको क्षेत्राधिकार सम्बन्धी अन्तरक्रियात्मक
कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘मलाई परेको छैन । किन जान्न पर्यो भनेर सोच्नु हुँदैन । सकेसम्म विवादमा पर्नु नपरोस् । यदि परि हाले पनि ज्ञान भयो भने सामना गर्न सजिलो हुन्छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘आफू गरिरहेको काम कानुनी रुपमा उचित छ कि छैन? भन्ने थाहा पाउन पनि कानुनी ज्ञान चाहिन्छ ।’
उहाँले न्यायलाई नागरिकको ढोकामा पु¥याउन महिला सञ्जाल र वडा मेलमिलाप केन्द्र स्थापना गरिएको बताउनुभयो । ‘न्याय प्राप्त गर्न कठिन नहोस् । खर्च गर्नु नपरोस् । थाहा नपाएर अन्याय सहेर बस्नु नपरोस् । खर्च धान्न नसकेर अन्याय सहेर बस्नु नपरोस् । यसका लागि हामीले काम गरिरहेका छौँ ।’ उहाँको भनाइ थियो ।
त्यस क्रममा वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारले, अहिलेको शासन व्यवस्थाको सबैभन्दा सवल पक्ष भनेको न्यायिक विकेन्द्रीकरण भएको धारणा राख्नुभयो । ‘यसअघि न्याय पाउन वकिल लगाएर अदालत धाउनु पथ्र्यो । अहिले आफ्नै ढोकामा न्याय पाइन्छ । पैसा तिर्नु पर्दैन । औपचारिक ढाँचा चाहिँदैन । यो अवसर व्यवस्था परिवर्तनले दिएको उपहार हो ।’ उहाँको भनाइ थियो ।
कार्यक्रममा महानगरपालिकाका कानुनी सल्लाहकार सरस्वती श्रेष्ठले प्रस्तुतिकरण गर्दै देवानी प्रकृतिका सबै खालका विवाद मेलमिलापका माध्यमबाट टुङ्ग्याउन सकिने बताउनुभयो । यस्तै वरिष्ठ अधिकृत हरि वाग्ले काफ्लेले, हिंसा, दमन र शोषणका विरुद्ध अदालती प्रक्रियाबाट मुद्दा गरिरहनु नपर्ने भएको बताउनुभयो ।
महिला सञ्जाल गठन भएपछि महिलालाई नेतृत्वमा ल्याएको चरितार्थ भएको महसुस भएको छ । कार्यक्रममा महिला सञ्जालका संयोजक आशा श्रेष्ठ रौनियारको भनाइ थियो । यस्तै मेलमिलाप केन्द्रका संयोजक यशोमती परियारले, वडाको न्यायिक प्रणालीबाट घरघरमा न्याय र मनमनमा शान्ति भएको अनुभव सुनाउनुभयो ।
कार्यक्रममा आमा समूह, महिला समूह समुदायमा आधारित संघसंस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थीसहित सरोकारवालालाई सहभागी गराइएको थियो ।




निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App