वि.सं.: २०८२, मंसिर १३ शनिबार
इ.स.: 2025 November 29,SATURDAY
वि.सं.: २०८२, मंसिर १३ शनिबार
वडाध्यक्ष थापाले प्रवर्धन केन्द्रबाट सेवा विस्तारको शुभारम्भ
काठमाडौँ । महाराजगञ्ज क्षेत्रमा काठमाडौँ महानगरपालिकाको स्वास्थ्य प्रवर्धन केन्द्रबाट स्वास्थ्य सेवा विस्तार भएको छ । आज वडाध्यक्ष एवं विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले सेवा विस्तार शुभारम्भ गर्नुभएको हो ।
शुभारम्भ अवसरमा बोल्दै उहाँले, वडाबासीका लागि आवश्यक पर्ने आधारभूत सेवा माग्नै नपर्ने गरी वितरण गर्ने योजना रहेको बताउनुभयो । ‘वडाबासीका आधारभूत आवश्यकता हामीलाई थाहा छ । ती आवश्यकता पूरा गराउन हामी प्रतिवद्धताका साथ काम गरिरहेकाक छौँ ।’ उहाँले भन्नुभयो, ‘आवश्यकता माग गर्न कुनै औपचारिकता पूरा गर्नु पर्दैन । जनप्रतिनिधिलाई भेटेका बेला आफ्ना अपेक्षा सुनाउन सक्नुहुनेछ ।’
त्यस क्रममा स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले जनशक्ति, साधन, उपकरण तथा पूर्वाधारबाट प्रवर्धन केन्द्रहरुलाई सुविधा सम्पन्न बनाउन विभागले काम गरिरहेको बताउनुभयो । वडाबाटै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त भएपछि ठुला अस्पतालमा लाइन बसेर समय विताउनु पर्दैन । हामी केन्द्रहरुबाट सकेसम्म छिटो सेवा प्रदान गर्ने प्रयास गर्नेछौँ । उहाँको भनाइ थियो ।
केन्द्रका इञ्चार्ज सिर्जना पाठकका अनुसार प्रवर्धन केन्द्रमा सेवाग्राहीको संख्या बढ्दो क्रममा छ ।
महानगरपालिकाले हरेक वडामा स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गरेको छ । यी केन्द्रबाट उपचारात्मक, प्रवर्धनात्मक तथा प्रतिरोधात्मक, निदानात्मक र पुनस्र्थापनात्मक सेवा प्रवाह हुने गरेका छन् ।
उपचारात्मक सेवामा प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य बिमा, सुरक्षित मातृशिशु, सुरक्षित गर्भपतन, क्षयरोग नियन्त्रण, स्वास्थ्य शिविर, फार्मेसी, एकीकृत नवजात शिशु तथा बाल रोग व्यवस्थापन सेवा सञ्चालित छन् । यस्तै कुष्ठरोग नियन्त्रण सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, आयुर्वेद सेवा, बहुदीर्घकालीन रोग व्यवस्थापन सेवा, डेङ्गी रोग नियन्त्रणका कार्यक्रम सञ्चालित छन् । प्रवर्धनात्मक सेवामा राष्ट्रिय खोप सेवा, परिवार नियोजन, पोषण, स्वास्थ्य शिक्षा जनचेतना अभिवृद्धि, नसर्ने रोग नियन्त्रण सचेतना महाअभियान, सरुवा रोग नियन्त्रण सेवा, स्वास्थ्य प्रवर्धन सेवा, बैकल्पिक चिकित्सा सेवा छन् । यस्तै विद्यालय स्वास्थ्य शिक्षा, नसर्ने रोगको परीक्षण (स्क्रिनिङ्) कार्यक्रम, महामारी रोग नियन्त्रण तथा निवारण, सुरक्षित मातृत्व, योग अभ्यास तथा व्यवहार परिवर्तन अभ्यास, तथ्याङ्क संकलन, प्रशोधन र प्रतिवेदन निर्माण, अनुसन्धान, स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन कार्यक्रम सञ्चालनमा छन् ।
निदानात्मक सेवामा प्रयोगशाला सेवा, रेडियोलोजी र ¥यापिड डाइग्नोस्टिक टेस्ट कार्यक्रम छन् ।





निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App