वि.सं.: २०८३, साउन २६ मंगलबार
इ.स.: 2026 August 11,TUESDAY
वि.सं.: २०८३, साउन २६ मंगलबार
आज बेलुका ६ बजे फ्लड लाइटमा फाइनल खेल
काठमाडौँ । पीएल सिंह मेमोरियल टी २० कप अन्तर्गत शुक्रबार भएको खेलमा पोखरा महानगरपालिकाले वीरगञ्ज महानगरपालिकालाई ४४ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ । अब पोखराले आज हुने उपाधि भिडन्तमा काठमाडौँ महानगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।
पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनायो । टोलीका लागि अर्जुन कुमालले विस्फोटक ब्याटिङ गर्दै ६१ बलमा १०५ रनको शतकीय इनिङ्स खेल्नुभयो । उहाँले आफ्नो इनिङ्समा ११ चौका र ५ छक्का प्रहार गर्नुभएको थियो । यस्तै सिब्रिन श्रेष्ठले २२ बलमा ३० रन तथा सन्दीप खत्री क्षेत्रीले ६ बलमा १४ रनको तीव्र योगदान दिनुभयो ।
१७८ रनको लक्ष्य पछ्याएको वीरगञ्जले आक्रामक सुरुआत गरे पनि त्यसलाई निरन्तरता दिन सकेन । मयन यादवले २० बलमा ४० रन तथा अरनिको प्रसाद यादवले २५ बलमा ३२ रन बनाउनुभयो । अन्य ब्याटरले अपेक्षित साथ दिन सक्नुभएन । वीरगञ्ज १९.२ ओभरमा १३३ रनमा अलआउट भयो ।
पोखराको जितमा बलिङतर्फ दीपक प्रसाद डुम्रेले शानदार प्रदर्शन गर्दै ५ विकेट लिनुभयो । अपराजित पौडेलले २ विकेट लिएर वीरगञ्जको इनिङ्स धराशायी बनाइदिनुभयो ।
अर्जुन कुमालको शतकीय इनिङ्स र बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतले पोखरा महानगरपालिकाले ४४ रनको प्रभावशाली जित निकाल्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App