Logo
  • वि.सं.: २०८३, भदौ २३ मंगलबार

  • इ.स.: 2026 September 8,TUESDAY

  • वि.सं.: २०८३, भदौ २३ मंगलबार

  • सयवर्ष भन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजुर स्थापना

    काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ गायत्री मार्गमा रहेको छैटौं शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा गजुर स्थापना गरिएको छ ।

    काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा वडा ८ का वडाअध्यक्ष आशामान संगतले विधिपूर्वक पुजा गरी गजुर स्थापना गर्नुभएको हो ।

    काठमाडौँ महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगतले,"दुई तल्ला रहेको प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरको मेदिना कन्ट्रक्सन प्रा.लीले निर्माण गरेको र एक करोड १५ लाख रूपैयाँ लागतमा निर्माण गरिएको बताउनुभयो ।" 

    उहाँले, "मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको भएपनि गौशाला प्रहरी कार्यालयमा थन्क्याएर राखिएको मूर्ति मन्दिरमा स्थापना गर्न माघभन्दा अगाडि साइत नजूर्ने भएकाले केही समय ढिला हुन पुगेको बताउनुभयो ।" 

    ऐतिहासिक मन्दिरको गत माघ ७ गते पुन:निर्माणका लागि शिलान्यास गरिएको थियो । हराएकै एक सय वर्षभन्दा धेरै समय भएको मन्दिरको ऐतिहासिकता उत्खनन गरिएको हो । 

    उक्त मन्दिरको ऐतिहासिक दस्तावेज नपाइएपछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्त्वविद्हरूबाट मन्दिरको रेखांकन गरिएको थियो । इट्टा माटो र काठबाट निर्मित मन्दिर दुईतल्लाको प्यागोडा शैलीमा निर्माण गरिएको हो ।

  • प्रकाशित मिति शनिबार ११ असोज २०८२ ०७:४७ PM