वि.सं.: २०८२, चैत १८ बुधबार
इ.स.: 2026 April 1,WEDNESDAY
वि.सं.: २०८२, चैत १८ बुधबार
वडा ३ को मत परिणाम सार्वजनिक : अध्यक्षमा थापा निर्वाचित
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ३ को मत परिणाम सार्वजनिक भएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौँले मत परिणाम सार्वजनिक गरेको हो । जसअनुसार नेकपा एमालेका उम्मेदवार प्रेम थापाले २ हजार १३८ मत प्राप्त गरेर अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
वडाध्यक्ष पदका लागि ५ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । विजयी थापाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजेश अधिकारीले १ हजार ४९१ मत प्राप्त गर्नुभयो ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि वडा ५ बाट महिला सदस्यमा ४ जना, दलित महिला सदस्यमा ३ जना र सदस्य पदमा ८ जना उम्मेदवार गरी २० जना प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
वडाको महिला सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार सीता थापा, दलित महिला सदस्यमा शर्मिला परियार तथा सदस्य पदमा एमालेका उम्मेदवारहरु कृष्णराज चालिसे र केशवप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँहरुले क्रमशः २२६६, २२८७, २२३७ र २१५२ मत प्राप्त गर्नुभएको छ ।
वडा ३, महाराजगञ्ज
अध्यक्ष
१) दीपक के. सी. — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ९६६
२) ध्रुव थापा क्षेत्री — स्वतन्त्र — ३१
३) प्रेम थापा — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २१३८ विजयी
४) राजेश अधिकारी — नेपाली कांग्रेस — १३९१
५) रामेश्वर पौडेल — राष्ट्रिय प्रजातन्त्र पार्टी — ५२९
वडा सदस्य
१) अमृत पण्डित — राष्ट्रिय प्रजातन्त्र पार्टी — ६३०
२) कृष्णराज चालिसे — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २२३७ विजयी
३) केशवप्रसाद श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २१५२ विजयी
४) दोर्जे शेर्पा — नेपाली कांग्रेस — १३३८
५) धर्म महर्जन — नेपाली कांग्रेस — १४९६
६) मनोज श्रेष्ठ — राष्ट्रिय प्रजातन्त्र पार्टी — ५९१
७) रमेशकुमार कँडेल — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ४१६
८) राजीव भारी — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ४१९
महिला सदस्य
१) अनिता (अर्याल) गौत्तम — नेपाली कांग्रेस — १५९८
२) मीना राणा — राष्ट्रिय प्रजातन्त्र पार्टी — ६१८
३) सावित्री महर्जन (प्रजापती) — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ४९३
४) सीता थापा — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २२६६ विजयी
दलित महिला सदस्य
१) मेनुका परियार — राष्ट्रिय प्रजातन्त्र पार्टी — ६४२
२) रचना परियार — नेपाली कांग्रेस — १५६५
३) शर्मिला परियार — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २२८७ विजयी
अहिले राष्ट्रिय सभा गृहमा ८ वटा वडाको मत गणना भइरहेको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App