वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
बछलेश्वरीको जात्रालाई दिगो व्यवस्थापन गर्न वछलेश्वरी माताको प्राण प्रतिष्ठा मूर्तिसहितको फल्चा
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ८ ले बछलेश्वरी जात्राका लागि फल्चा र डवली (दवु) निर्माण गरेको छ । पाशुपत क्षेत्रको प्रसिद्ध जात्रा भइकन पनि यसको आफ्नै फल्चा थिएन । यसकारण जात्राको व्यवस्थापनलाई सहज बनाउन फल्चा निर्माण गरिएको वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले जानकारी दिनुभयो । फल्चासँगै विहीबार वडाध्यक्ष संगतले रावण पाटीको पनि उद्घाटन गर्नुभयो ।
‘फल्चा र डवली निर्माण गरिएको स्थान सार्वजनिक जग्गा हो । पशुपति क्षेत्र विकास कोषले मोही खडा गरेर व्यक्तिको उपयोगमा लगेको थियो । यसरी निजी प्रयोगमा भएको सार्वजनिक सम्पत्तिलाई वडाले कब्जामुक्त गरायो । यस ठाउँमा ३७ दिनमा फल्चा र डवली निर्माण कार्य सकिएको हो ।’ संगत भन्नुहुन्छ, ‘वडाले फल्चा र डवली बनाएपछि जात्रा सञ्चालन गर्ने खट गुठिले माताको मूर्ति स्थापना गराएको हो । यसबाट लिच्छविकालीन ऐतिहासिक जात्रा तथा सम्पदाको दिगो संरक्षण र उपयोगमा योगदान हुनेछ ।’
यसको लागत ३० लाख ८६ हजार रूपैयाँ रहेको छ । २ आना जमिनमा रहेको फल्चा २ तलाको छ ।
यस क्षेत्रमा चैत १८ गतेसम्म बछलेश्वरी, बज्रेश्वरी एवं आकाश भैरव जात्रा हुनेछ । यो जात्रा वि. सं. १९३६ सालभन्दा अगाडिबाट शुरूवात भएको मानिन्छ ।
रावण लंका फल्चा १६औँ शताब्दी संरचना मानिन्छ । फल्चा १९९० र २०७२ सालको भूकम्पबाट जीर्ण भएको थियो । ३ तले फल्चा ४४ दिनमा निर्माण सम्पन्न भएको हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App