वि.सं.: २०८३, वैशाख १५ मंगलबार
इ.स.: 2026 April 28,TUESDAY
वि.सं.: २०८३, वैशाख १५ मंगलबार
काठमाडौँलाई चलचित्र सहरका रुपमा विकास गर्न आपसी सहकार्य गर्ने विषयमा छलफल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले युवाहरुलाई सिपमूलक र रोजगारमूलक फोटोग्राफी तालिम दिन चलचित्र विकास बोर्डसँग सम्झौता गरेको छ । आज कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र वोर्डका अध्यक्ष दिनेशराज दहालका बिच महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ गौरव योजना अन्तर्गत सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
त्यस क्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, चलचित्र निर्माण गर्न काठमाडौँलाई खुला स्टूडियोको रुपमा विकास गर्न महानगरपालिका र बोर्ड बिच सहकार्य हुन सक्ने बताउनुभयो । ‘चलचित्र र यससँग सम्बन्धित विभिन्न विधाबाट समाज र सामाजिक पक्षलाई जीवन्त बनाउन सकिन्छ । हामी डवली, चोक र ननीहरुमा चलचित्रहरुको प्रदर्शन गर्ने, चलचित्र निर्माणमा निर्माताहरुलाई प्रोत्साहन गर्न अन्तरसंवाद सञ्चालन गर्ने, समुदाय स्तरमा चलचित्र तथा श्रव्यदृश्य उत्पादनको क्षमता विकास तालिम सञ्चालन गर्ने योजनामा छौँ । यस कार्यलाई सहभागितामूलक र दिगो बनाउन हामी क्षेत्रगत विज्ञ र साझेदारसँग सहकार्यका लागि इच्छक छौँ ।’ डंगोलको भनाइ थियो ।
भित्री सहरी क्षेत्रका डवली, चोक र ननीमा कार्यक्रम गरेजस्तै बाहिरी वडाका पार्कहरुमा चलचित्र प्रदर्शनको कार्यक्रम सञ्चालन गरिने योजना रहेको डंगोलको भनाइ छ ।
त्यस क्रममा बोर्डका अध्यक्ष दहालले, चलचित्रमार्फत सहरलाई जीवन्त बनाउने अभियानमा बोर्ड सदैव साथमा रहेको उल्लेख गर्नुभयो । ‘फोटोग्राफीबाट सहकार्य थालेका छौँ । यसलाई बढाएर रचनात्मक उद्योगको विकास र प्रवर्धनमा सहकार्य गर्न हामी तयार छौँ ।’ दहालको भनाइ थियो ।
सम्झौता बमोजिम बोर्डले फोटोग्राफीको कोर्षमा आधारित ४० जनालाई फोटोग्राफी सम्बन्धी तालिम प्रदान गर्नेछ । यसको लागतमा महानगरपालिकाको ८० प्रतिशत र वोर्डको २० प्रतिशत लागत सहभागिता हुनेछ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App