वि.सं.: २०८२, पुस ६ आइतबार
इ.स.: 2025 December 21,SUNDAY
वि.सं.: २०८२, पुस ६ आइतबार
भूकम्प सुरक्षा दिवसको मूल समारोह कमलपोखरीमा
काठमाडौं । हरेक बर्ष माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवस अन्तर्गत यस बर्षको मूल समारोह काठमाडौँको कमलपोखरीमा हुने भएको छ । मंगलबार राष्ट्रिय सभा गृहमा बसेको व्यवस्थापन उपसमितिको बैठकले कार्यक्रम व्यवस्थापनका विषयमा छलफल गरेको छ ।
छलफलका क्रममा महानगरकी उपप्रमुख सुनिता डंगोलले, दिवस अवसरमा सुरु हुने कार्यक्रमलाई महानगरले बर्षैभरि नियमित सञ्चालन गर्ने बताउनुभयो । विद्यालयको सुरक्षित भौतिक संरचनाका लागि विद्यालय स्तरमा गएर काम हुनेछ । नागरिकलाई जानकारी र सूचना दिन काम गरिनेछ । उपप्रमुख डंगोलको भनाइ थियो ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले मानिसहरुले भूकम्प विसिँदै गएर भवन संहिता पालनामा पनि लापर्वाह गर्न थालेको बताउनुभयो । २०७२ सालको भूकम्पले नभत्किएका भवनहरुको उचाई त्यसबेला घरधनी आफैँले घटाउन थालेका थिए । त्यसबेला घटाएको उचाई अहिले आफैँ बढाएका छन् । उहाँले भन्नुभयो, ‘हामीले अनधिकृत संरचना आफैँ व्यवस्थापन गर्न सम्बन्धितका नाममा सार्वजनिक सूचना जारी गरेका छौँ । अटेर गर्नेलाई कारवाही प्रक्रिया अगाडि बढाउँछौँ ।’
पुस १८ गते भूकम्प सुरक्षा दिवस मूल समारोह समितिका संयोजक, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संयोजकत्वमा बसेको बैठकले काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा व्यवस्थापन उपसमिति र सहरी विकास तथा भवन निर्माण विभागको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गर्ने निर्णय गरेको थियो । बैठकले यस बर्षका लागि ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नारा तय गरेको छ । गएको बर्ष यस बर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारासहित दिवसका कार्यक्रम मनाइँदैछन् । ०७७ सालमा ‘बहु प्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ ०७८ सालमा ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारा थियो ।
१९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो¥याउने प्रतिवद्धता जोडिएको छ । त्यस बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App